उपभोक्ता मैत्री कार्य गर्दै कुमरोज सामुदायिक वन

रत्ननगर १६ ।मानव र बन्यजन्तु विचको द्धन्द न्युनिकरण गर्नको लागि खैरहनी नगरपालिकाको कुमरोजमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनले आज एक कार्यक्रमका विच कंक्रिटवालको सिल्यान्स गरेको छ ।

कुमरोज वनले आफ्नो वन क्षेत्रभित्रका उपभोक्ताको जनधनको सुरक्षा गर्नका लागि कंक्रिटवाल निर्माण गर्न लागिएको वनका अध्यक्ष गणेश कुमार श्रेष्ठले वताए ।

स्थानिय जनप्रतिनिधि ,सरोकारवाला , राष्ट्रिय निकुञ्जका प्रतिनिधिका बिच शुक्रवार कंक्रिटवालको सिल्यान्स गरिएको छ ।

वल निर्माणको काम जति सक्दो छिटो गर्ने र वन क्षेत्रको सवै ठाउँमा वाल निर्माण गरिने वनका उपाध्यक्ष सानुकाजी कुवरले वताए ।

वनले आगामी दिनमा उपभोक्ता मैत्री र उपभोक्ता लक्ष्ति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको वनका कोषध्यक्ष उज्जवल वर्तौलाले जानकारी दिनु भएको छ ।

कुमरोज वन पछिल्लो पटक पर्यटकको लागि रोजाईको प्रमुख गन्तव्य हुने गरेको छ । वनले पर्यापर्यटन मार्फत उपभोक्ताको दैनिकी सुधार गर्दै पर्यटन हव वन्दै गएको छ । पछिल्लो समयमा हात्ती सफारी , जिपसफारी,ढुङ्गा सयर , भ्युटावरमा वास वस्ने लगायतका पर्यटन गतिविधि सञचालन गरेको वनका सचिव श्याम प्रसाद वराकोटीले वताए ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संक्षण अधिकृत गोपाल वहादुर घिमिरे प्रमुख अतिथि रहनु धएको थियो । त्यस्तै खैरहनी नगरपालिका १३ का वडाध्यक्ष वालकुमार उप्रेती, १२ का वडाध्यक्ष टिकाराम तिमल्सीना लगायत वोल्नु भएको थियो भने वनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker