निर्वाचित जनप्रतिनिसिधहरु संग चेपाङ महिलाहरुको नेतृत्व विकास र जवाफदेहिता प्रवर्धनका लागी अन्तरकृया कार्यक्रम

निर्वाचित जनप्रतिनिसिधहरु संग चेपाङ महिलाहरुको नेतृत्व विकास र जवाफदेहिता प्रवर्धनका लागी अन्तरकृया कार्यक्रम, कालिका नगरपालिका चितवन, २०७६ फागुन १५ देखी १७ गते ।

चितवनको कालिका नगरपालिका वडा न.ं ८,१० र ११ सिद्धी र सक्तीखोरमा अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजनामा सम्बन्धित वडाका निर्वाचित जनप्रतिनिसि एवं अन्य सरोकारवालाहरु संग चेपाङ महिलाहरुको नेतृत्व विकास, जवाफदेहिता प्रवर्धनका लागी अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।

स्थानीय स्तरमा सुशासन प्रवर्धनका लागी चेपाङ महिलाको नेतृत्व विकास गर्न । स्थानिय निकायमा सुशासन र सामाजिक जवाफदेहिता अभिवृद्धि र योजना निमार्ण प्रक्रियामा चेपाङ महिलाहरुको सहभागीता वडाउनुका साथै स्थानिय निकायले दिने सेवा सुविधा र विकासका योजनाहरु अति सिमान्तकृत चेपाङ समुदाय संग पु¥याउन सरोकारवाला निकायहरुको जवाफदेहिता अभिवृद्धि गर्ने उद्देस्यले अगुवा चेपाङ महिलाहरुको सक्रियतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको छ ।

अति सिमान्तकृत चेपाङ समुदायका महिलाहरुको सशक्तिकरण गर्दै शिक्षा, स्वास्थ्य, आयआर्जन लगाएत मानव अधिकारको रक्षा गर्न, स्थानिय सरकार र अन्य गैर सरकारी सरोकार वाला निकायहरु संग सम्र्पक र सम्बन्ध विस्तार गर्न । स्थानिय योजना निमार्ण प्रकृयामा चेपाङहरुको अर्थपुर्ण सहभागीता अभिवृद्धि गर्ने । अशिक्षा चेतनाको कमिले गर्दा चेपाङ समुदायमा विध्यमान वालविवाह,वहुविवाह,महिला हिसां जस्ता असामाजिक क्रियालापहरु विरुद्ध जनचेतना अभिवृद्धि गर्न । स्थानिय तहका हरेक निकायमा सिमान्तकृत चेपाङ महिलाहरुको अर्थपुर्ण सहभागीताको सुनिस्चतता गर्न सरोकारवाला निकायको जवाफदेहिता वढाउने उद्देस्यले कार्यक्रमको आयोजना गरेको डेक–नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै अगुवा चेपाङ महिला पैरवी मञ्च कालिका ८ का अध्यक्ष मंगला चेपाङले अधिकासं कार्यक्रमहारुमा चेपाङहरुलाई बैठकमा सहभागीता नगराउने, चेपाङलाई लक्षित गरेर आएका छात्रवृद्धि कार्यक्रम वाट अन्य समुदायले पनि सुविधमा लिएको बताए । कालिका न.पा वडा नं. १० का अगुवा चेपाङ महिला पैरवी मञ्चका अध्यक्ष शशिकला चेपाङले वडाकार्यालयले चेपाङल महिलाहरुको लागी मात्र बजेट छुट्टाउनु पर्ने बताउनु भयो । टोल सुधार संस्थाका पदाधिकारहिरुले महिलाहरुलाई योजना निमार्ण बैठकहरुमा सहभागीता नगराएको बताए । कालिका ११ का सनिता चेपाङले महिलाहरु बिच एकता नहुदा सेवा सुविधा वाट विमुख हुनुपरेको बताए । सामुदायी भवन नहुदा महिलाहरु बैठक बस्न नसकेको बताईन । कार्यक्रममा वोल्दै सिद्धी स्वास्थ्य केन्द्रका अरुण पोखरेलले अझैपनि महिलाहरु घरैमा सुत्केरी हुने, गर्भजाँच नगराउने गरेकोले आगामि दिनमा प्रजनन् स्वास्थ्य वारे जनचातनामुलक कार्यक्रमको आवश्यकता रहेको बताए । कार्यक्रममा मन्तव्य राख्र्दै कालिका नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दिल बहादुर गुरुङ्गले चेपाङहरुलाई अन्य समुदायको तुलनामा प्रथमिकतामा राखेर काम गरेको बताए । यदि महिलाहरुले सामुहिक रुपमा उपयुक्त योजना माग गरेमा रकम छुट्टउने बताए ।
कालिका नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कृष्ण बहादुर चेपाङले वडाले हाल वाटो निमार्णलाई प्राथमिकता दिएपनि स्वास्थ्यचौकी निमार्ण गर्न बजेट निकासा गरेको बताए । महिला समुहको भवन निमार्णको लागी यदी महिलाहरुले जग्गाको व्यवस्था गरेमाक भवन निमार्णकोलागी बजेट निकासा गर्ने बताए । अन्तमा उनले डेक–नेपालले चेपाङहरुको नेत्ृत्व क्षमता विकासमा पु¥याएको सहयोगकोलागी धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा आयमुलक कार्यक्रममा सहयोग गर्नुपर्ने बताए ।

अन्तमा कालिका ११ अगुवा चेपाङ महिला पैरवी मञ्चका अध्यक्ष सजिना चेपाङले महिलाहरु घर व्यवहार वालवच्चाको हेरचारमा व्यस्तहुदा समुदायमा नेतृत्व लिन नसकेको हुनाले अगाडी बडनको लागी घरका पुरुषहरुले साथ दिनुपर्ने बताउनु भयो । महिलाहरुलाई शिप मुलक र उद्घोषणको तालिम आवश्यक रहेको बताइन । अनले विगतमा शिक्षा र चेतनाको कमिले पछाडी परेको भएपनि आगामी दिनहरुमा समुहमा आवद्ध भएपछि चेपाङ महिला सक्रिय भएर महिलाहरु आफ्ना मागहरु सरोकारवाला सरकारी निकाय समक्ष लिएर जान सक्ने भएको बताइन ।
डेक–नेपाल द्धारा अन्डेफको सहयोगमा संचालित लङ्गिंक उत्तरदायी सुशासन प्रवद्र्धनका लागि युवा चेपाङ महिला अगुवाहरुको सशक्तिकरण कार्यक्रम अन्तरगत गठन गरेका अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजना तथा नेपाल चेपाङ संघको समन्वयमा कालीका नगरपालिका ८,१० र ११ का अगुवा चेपाङ महिला पैरवी मञ्चका अध्यक्षको अध्यक्षतामा कालिका नगरपालिका वडा नं. ८,१० र ११ का वडा अध्याक्षहरुको प्रमुख आतिथ्यतामा यहि फागुन १५,१६,१७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडाका निर्वाचित वडा सदस्यहरु, महिला सदस्य टोल विकास संस्थाका अध्यक्ष, स्वास्थ्य केन्द्रका प्रतिनिधि, नेपाल चेपाङ संघका नगर अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,विद्यालयका प्रधान अध्यापक,सामुदायीक वन उपभोक्ता समिति, खानेपानि तथा सरसफई उपभोक्ता समितिका पदाधिकारी, वडा न ३,८,९,१०,११ का स्थानिय श्रोत व्यक्तिहरु, राजनितिक दलका प्रतिनिधि नेपालिको आवाज अनलाइन मिडिया, रेडीयो अपर्णका संचारकर्मी लगाएत १९० जनाको सहभागीता रहेको थियो । कार्यक्रम अगुवा चेपाङ महिला पैरवी मञ्चका स्थानिय श्रोत व्यक्तिहरुले संचालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker