प्रथम भरतपुर साँस्कृतिक महोत्सवमा लोक तथा दोहोरी गीत प्रतियोगिताको सेमीफाइनल पुरा

फागुन १९ ।

प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ को साँस्कृतिक कार्यक्रम अन्तरगत सोमबार लोक तथा दोहोरी गीत प्रतियोगिताको सेमीफाइनल पुरा भएको छ ।

प्रतियोगिताको फाइनल मंगलबार हुने महोत्सवको आयोजक संस्था भरतपुर बजार व्यवस्थापन समितिले जनाएको छ । जिल्लाका विभिन्न आठ वटा समूहले भाग लिएको प्रतियोगितामा संगम दोहोरी समूह र दिदीभाइ दोहोरी समूह फाइनलमा प्रवेश गरेका छन् ।

भरतपुरको केन्द्रीय बस टर्मिनलमा रहेको राष्ट्रिय सहकारी बोर्डको चौरमा जारी महोत्सवमा सोमबार शान्तिश्री परियारसहितका कलाकारहरुले प्रस्तुति राखेका महोत्सवका मूल संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितका अध्यक्ष श्याम पौडेलले जानकारी दिए ।

मंगलबारको साँस्कृतिक कार्यक्रममा भने कलाकार टिका सानु, मिलन लामा सहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । सो महोत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुले प्रस्तुति राख्ने बताइएको छ । महोत्सवको साँस्कृतिक कार्यक्रममा बुधबारदेखि रत्यौली गीत प्रतियोगिता, बाल नृत्य प्रतियोगिता हुनुका साथै चर्चित ¥यापर भिटेन सहित विभिन्न कलाकारहरुले प्रस्तुति राख्ने बताइएको छ । फागुन १६ गतेदेखि सुरु भएको प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ मा दर्शकहरुको सङ्ख्या बढ्ने क्रममा रहेको रहेको पौडेलले बताए । फागुन २७ गतेसम्म सञ्चालन हुने महोत्सव परिसरमा बाल उद्यान निर्माणको कामले समेत तीव्रता पाएको छ ।

महोत्सवले कृषि, पर्यटन, स्थानीय उत्पादन, उद्योग तथा व्यापारिक उत्पादनलाई प्रवद्र्धन गरेको पौडेलले जानकारी दिए । महोत्सवको आकर्षणको रुपमा बीस हजारी तालको आकृति, थारु तथा चेपाङ समुदायको साँस्कृतिक घर सहित मालिका मन्दिरको आकृति महोत्सव स्थलमा निर्माण गरिएको पौडेलको भनाइ छ । सो महोत्सवमा पोल्ट्री, केरा, माछा, दूधलगायतका उत्पादनलाई प्रवद्र्धन गरिएको मूल संयोजक पौडेलले बताए । महोत्सवमा अटो सम्बन्धी १० वटा, फास्टफुडका १० वटा, आइसक्रिम तथा पानीजन्य १५ वटा, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाका स्टलहरु समेत २५० भन्दा बढी स्टल रहेको महोत्सवको सचिवालय संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका सचिव बाबुराम गैरेले जानकारी दिए । महोत्सवको आम्दानीबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केहि रकम निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समेत प्रदान गर्ने लक्ष्य रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker