बागमती प्रदेश सरकारले आयोजना गर्न लागेको प्रदेशस्तरीय खेलकूद प्रतियोगिताका लागि चितवनमा थालियो तयारी

फागुन २० ।
बागमती प्रदेश सरकारले आयोजना गर्न लागेको प्रदेशस्तरीय खेलकूद प्रतियोगिताका लागि चितवनमा तयारी थालिएको छ ।

आगामी चैत २१ देखि २८ गतेसम्म चितवन र मकवानपुरमा हुने प्रतियोगिताका लागि जिल्ला छनौट गरिने भएको छ । फागुन ३० गतेदेखि चैत ५ गतेसम्म विभिन्न आठ विधामा जिल्ला छनौट गरिने चितवन जिल्ला खेलकूद विकास समितिका अध्यक्ष प्रह्लाद प्रधानले बताए । मंगलबार बसेको समितिको बैठकले सबै स्थानीय तह र जिल्लामा चैत ५ गतेभित्र खेलाडी छनौट गर्ने निर्णय गरेको प्रधानले बताए । प्रदेश खेलकूल विकास परिषद् बागमतीको आयोजनामा पहिलो पटक हुन लागेको प्रदेशस्तरीय खेलकूद प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि तयारी तीव्र पारिएको प्रधानले बताए । सो प्रदेशस्तरीय प्रतियोगितामा भलिबल, फूटबल, तेक्वान्दो, कराँते, बक्सिङ, क्रिकेट, ब्याडमिन्टन र एथलेटिक्स विधामा महिला र पुरुषको खुला प्रतिस्पर्धा हुने प्रदेश खेलकूद विकास परिषद् बागमतीका सदस्य उत्तम गुरुङले बताए । गुरुङकाअनुसार पुरुष भलिबल, महिला फूटबल, कराँते, ब्याडमिन्टन र एथलेटिक्सको प्रदेशस्तरीय खेल चितवनमा खेलाइनेछ । यी प्रतियोगिता सम्पन्न गर्नका लागि चैत १० गतेभित्र जिल्ला छनौट सक्नुपर्ने गुरुङले बताए । प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गर्नका लागि आठ लाख रुपैयाँ मात्रै बजेट निकासा भएको चितवन जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले बताए । प्रदेशको आयोजनामा पहिलो पटक हुन लागेको प्रतियोगितालाई उत्सवको रुपमा लैजानुपर्ने ढकालको भनाइ छ । चितवन जिल्ला खेलकूदमा उर्वर क्षेत्र भएकाले समेत यहाँ हुने विभिन्न जिल्लास्तरीय, प्रदेश स्तरीय प्रतियोगिताहरुले राष्ट्रिय खेलाडी उत्पादन गर्न सघाउने ढकालले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker