
निर्वाचित जनप्रतिनिसिधहरु संग चेपाङ महिलाहरुको नेतृत्व विकास र जवाफदेहिता प्रवर्धनका लागी अन्तरकृया कार्यक्रम, ईच्छाकामना गाँउपालिका,चितवन, २०७६ फागुन १८ देखी २० गते ।
चितवनको ईच्छाकामना गाँउपालिका वडा न।ं ३,५ र ६ को क्रमश फिस्लिङ्ग, मुग्लिङ्ग र कालिखोलामा अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजनामा सम्बन्धित वडाका निर्वाचित जनप्रतिनिधि एवं अन्य सरोकारवालाहरु संग चेपाङ महिलाहरुको नेतृत्व विकास, जवाफदेहिता प्रवर्धनका लागी अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।
स्थानीय स्तरमा सुशासन प्रवर्धनका लागी चेपाङ महिलाको नेतृत्व विकास गर्न । स्थानिय निकायमा सुशासन र सामाजिक जवाफदेहिता अभिवृद्धि गर्दै, योजना निमार्ण प्रक्रियामा चेपाङ महिलाहरुको सहभागीता वडाउनुका साथै स्थानिय निकायले दिने सेवा सुविधा र विकासका योजनाहरु पिछडीएका अति सिमान्तकृत चेपाङ समुदाय संग पु¥याउन सरोकारवाला निकायहरुको जवाफदेहिता अभिवृद्धि गर्ने उद्देस्यले अगुवा चेपाङ महिलाहरुको आयोजनामा अन्तरक्रिया कार्यक्रमको सम्वन्न गरीएको छ ।
अति सिमान्तकृत चेपाङ समुदायको महिलाहरुको सशक्तिकरण गर्दै शिक्षा, स्वास्थ्य, आयआर्जन लगाएत मानव अधिकारको रक्षा गर्न, स्थानिय सरकार र अन्य गैर सरकारी सरोकारवाला निकायहरु संग सम्र्पक र सम्बन्ध विस्तार गर्न । स्थानिय योजना निमार्ण प्रकृयामा चेपाङहरुको अर्थपुर्ण सहभागीता अभिवृद्धि गर्ने । अशिक्षा चेतनाको कमिले गर्दा चेपाङ समुदायमा विध्यमान वालविवाह,वहुविवाह,महिला हिसां जस्ता असामाजिक क्रियालापहरु विरुद्ध जनचेतना अभिवृद्धि गर्न । स्थानिय तहका हरेक निकायमा सिमान्तकृत चेपाङ महिलाहरुको अर्थपुर्ण सहभागीताको सुनिस्चतता गर्न सरोकारवाला निकायको जवाफदेहिता वढाउने उद्देस्यले कार्यक्रमको आयोजना गरेको डेक–नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै अगुवा चेपाङ महिला पैरवी मञ्च ईच्छाकामना ६ का अध्यक्ष बिमला चेपाङले चेपाङ महिलाहरु एकजुट हुननसकेकोले अवसरवाट बनिचतहुन परेको बताइन । भोगोलिक बिकटताको कारण प्रभावकारी सुचना नहुदा अधिकासं कार्यक्रमहरुमा उनहिरुको सहभागीता नहुने बताईन । चेपाङ अगुवा उमेसले चेतनास्तरको कमी र दण्डहीनताको कारण वालविवाह, बहुविवाह , महिला हिंसा हुने गरेकोले स्थानिय निकायले कडा सजाएदिनु पर्ने बताए । गाँउमा संचालिन विभिन्न लगुबित्त संग ज्ञान शिप बिनानै ऋण लिएर अनुउत्पादक काममा खर्च गर्नाले ऋण तिर्न धौधौ परेको र गरिवहरु ऋनऋन गरिव भएको बताए । ईच्छाकामना ५ का अगुवा चेपाङ महिला पैरवी मञ्चका अध्यक्ष रेखा चेपाङले गाँउमा मोटर वाटो विजुलि नपुगेकोले चेपाङको जिवन कष्ठकर रहेको बताईन । विद्यालय जान ३ घण्टा हिडनु पर्ने भएकाले साना वालवालिकाहरु विद्यालय जानबाट बन्चित रहेकोले शिशु कक्षा देखी ३ सम्म गाँउमै विद्यालय राख्न माग गरीन । ईच्छाकामना ३ का अगुवा चेपाङ महिला पैरवी मञ्चका अध्यक्ष फुलमती चेपाङले वडाकार्यालयले चेपाङल महिलाहरुको लागी मात्र तालिमको आयोजना गर्नुपर्ने बताइन बीचौलीयाले कृषि उत्पादनमा प्रतिकीलो २ रुपैयाँ उठाएर कृषहरुलाई मारमा पारेकोले उक्त कर हटाउन वडाअध्यक्ष मार्फत ध्यानाकर्षण गराए । साथै सामुदायीक भवन नहुदा महिलाहरु बैठक बस्न नसकेकोले भबन निमार्णको लागी बजेट छुट्टाउन माग गरिन । चेपाङ संघ गाँउपालिका सचिवले महिलाहरुलाई दिगोसिप विकास र उद्घोषणको तालिम आवश्यक रहेको बताइन । साथै चेपाङलाई उच्च शिक्षा अध्ययनकालागी छात्रवृत्रिको व्यवस्था गर्नु पर्ने बताइन । ईच्छाकामना वडा नं। ६ का वडा अध्यक्ष भुपेन्द्र चेपाङले महिलाहरु अझै सक्रिय रुपमा अगाडीबढन नसकेको बताए । समुहमा रहेर आयआर्जन बडाएर आत्मनिर्भर हुनुको सट्टा लगुवित्त संस्थाबाट ऋण लिएर जथाभावि रुपमा खर्च गरेर ऋिणमा चुर्लुम्म डुवेको बताए ।
कार्यक्रममा मन्तव्य राख्र्दै ईच्छाकामना वडा नं। ५ का वडा अध्यक्ष मोदराज सिल्वालले आगामि दिनमा चेपाङ समुदायलाई प्राथमिकतामा राखेर योजना बनाउने, बाटो, बिजुली, सामुदायीक भवन र विद्यालयको लागी गाँउपालिकामा पहल गर्ने बताए । चेपाङ महिलाहरुले सामुहिक रुपमा योजना माग गरेमा महिला लक्षित रकम छुट्टउने बताए ।

ईच्छाकामना वडा नं। ३ का वडा अध्यक्ष गोवर्धन अधिकारीले आगामी दिनमा चेपाङ वस्तिमा जाने शाखा बाटोहरुको निमार्णलाई प्राथमिकता दिने । महिला समुहको भवन निमार्णको लागी बजेट निकासा गर्ने, कृषि उत्पादन बिक्रिगर्ने क्रममा बिचौलीयालाइ कृषकहरुले तिर्दै आएको प्रतिकीलो २ रुपैया तिर्न आवश्यक नरहेकोले किसानहरु एकजुट भएर त्यसको विरोध गर्नु पर्ने बताउनु भयो ।
डेक–नेपाल द्धारा अन्डेफको सहयोगमा संचालित लङ्गिंक उत्तरदायी सुशासन प्रवद्र्धनका लागि युवा चेपाङ महिला अगुवाहरुको सशक्तिकरण कार्यक्रम अन्तरगत गठन गरेका अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजना तथा नेपाल चेपाङ संघको समन्वयमा ईच्छाकामना गाँउनगरपालिका ३,५ र ६ का अगुवा चेपाङ महिला पैरवी मञ्चका अध्यक्षको अध्यक्षतामा ईच्छाकामना गाँउनगरपालिका ३,५ र ६ का वडा अध्याक्षहरुको प्रमुख आतिथ्यतामा यहि फागुन १८,१९,२० गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडाका निर्वाचित वडा सदस्यहरु, महिला सदस्य टोल विकास संस्थाका अध्यक्ष, नेपाल चेपाङ संघका गाँउपालिका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,विद्यालयका प्रधान अध्यापक,सामुदायीक वन उपभोक्ता समिति, खानेपानि तथा सरसफई उपभोक्ता समितिका पदाधिकारी, स्थानिय श्रोत व्यक्तिहरु, राजनितिक दलका प्रतिनिधि, राष्ट्रिय समाचार समितिका कृष्ण आचार्य, पत्रकार रोहिणी त्रिपाठी, ह्याप्पी मिडिया एवं रेडीयो अपर्णका संचारकर्मी लगाएत १३५ जनाको सहभागीता रहेको थियो । कार्यक्रम अगुवा चेपाङ महिला पैरवी मञ्चका स्थानिय श्रोत व्यक्तिहरुले संचालन गरेका थिए ।