
चितवन ।
भरतपुर ११ नहरचोकमा रहेको लिटल डाईमण्ड प्री स्कुल मन्टेश्वरीले नयाँ ब्यबस्थापनका साथ सेवा सञ्चालनमा आएको छ । पुराना ३० जनासहित नयाँ बालबालिकाहरुको उत्साहजनक भर्ना रहेको उक्त मन्टेश्वरीकी प्रिन्सिपल श्रेयसा देवकोटाले बालबालिकाहरुलाई मनोरञ्जन दिई हरेक कुरामा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बालबालिकालाई पढाई मात्र नभई खेलकुद, नृत्य तथा अतिरिक्त क्रियाकलापमा समेत टेवा पुग्ने हेतुले पढाई संचालन गर्न लागेको जानकारी दिनुभयो । घरमा रेखदेख गर्न समय नपुग्ने अभिभावकका सन्तानलाई राम्रोसँग हेरबिचार गरि बालबालिकहरुलाई आफ्नै घरमा बसि पढेको अनुभुती हुने उहाँले बताउनुभयो । उक्त मन्टेश्वरी बालबालिकाहरुले गुणस्तरिय शिक्षा पाउनुका साथै स्वस्छ, शान्त वातावरणमा अध्ययन गर्न पाउनेछन् । सो मन्टेश्वरीमा बाल–बालिकाहरुका लागि सफा, शुद्ध भोजनालयको पनि ब्यबस्था रहेको छ । हरेक दिन फरक फरक खाजा खानाको स्वादमा बालबालिकाहरु रमाउन पाउनेछन । बालबालिकाहरुलाई स्वस्थ रहनका लागि प्रत्येक दिन योगा, खेलकुद, नृत्य, प्रश्नोत्तर कार्यक्रम, राम्रो संस्कार सिकाइने, चित्रकला र हस्तकला जस्ता विषयमा बढी जोड दिने प्राचार्य देवकाटाले बताउनुभयो ।
