चेपाङ महिलाहरुको नेतृत्व विकास र जवाफदेहिता प्रवर्धनका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न

निर्वाचित जनप्रतिनिसिधहरु संग चेपाङ महिलाहरुको नेतृत्व विकास र जवाफदेहिता प्रवर्धनका लागी अन्तरक्रिया कार्यक्रम, ईच्छाकामना गाँउपालिका,चितवन, २०७६ फागुन २३ देखी २४ गते ।

चितवनको विकट पाहाडी भु–भाग ईच्छाकामना गाँउपालिका वडा न। १ र २ को क्रमश हात्तिवाङ्ग र हपनि काउलेमा अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजनामा वडाका निर्वाचित जनप्रतिनिधि एवं अन्य सरोकारवालाहरु निकाय संग चेपाङ महिलाहरुको नेतृत्व विकास, जवाफदेहिता प्रवर्धनका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

अति सिमान्तकृत चेपाङ समुदायको महिलाहरुको नेतृत्व विकास र सशक्तिकरण गर्दै शिक्षा, स्वास्थ्य, आयआर्जन लगाएत मानव अधिकारको रक्षा गर्न, स्थानिय सरकार र अन्य गैर सरकारी सरोकारवाला निकायहरु संग सम्र्पक र सम्बन्ध विस्तार गर्न । स्थानिय योजना निमार्ण प्रकृयामा चेपाङहरुको अर्थपुर्ण सहभागीता अभिवृद्धि गर्ने । अशिक्षा चेतनाको कमिले गर्दा चेपाङ समुदायमा विध्यमान वालविवाह,वहुविवाह,महिला हिसां जस्ता असामाजिक क्रियालापहरु विरुद्ध जनचेतना अभिवृद्धि गर्न । स्थानिय तहका हरेक निकायमा सिमान्तकृत चेपाङ महिलाहरुको अर्थपुर्ण सहभागीताको सुनिस्चतता गर्न सरोकारवाला निकायको जवाफदेहिता वढाउने उद्देस्यले कार्यक्रमको आयोजना गरेको डेक–नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै अगुवा चेपाङ महिला पैरवी मञ्च सदस्य दलमाया चेपाङले विद्यालयमा चेपाङको बच्चाहरुलाई कुटने पिट्ने, हेप्ने र असमान व्यवहार गरेकोले विद्ययालय जान नमानेको बताए अर्क सदस्य डल्लिमायाले स्वास्थ्य चौकीमा ४३ प्रकारका औषधिहरु पाईने भनेतापनि थोरै मात्र पाईने गरेको बताईन । ईच्छाकामना १ का अध्यक्ष सुजता चेपाङले चेपाङ महिलाहरु सोझो वोल्न नसक्ने भएको हुनाले आफुले पाउने सेवा सुविधा बाट बन्चित हुनपरेको बताइन । पैरवी मञ्च सदस्य सिता चेपाङले जाँडरक्सी जुवातासले गाँउका मानिसहरुलाई बिगारेकोले वडा अध्यक्ष र टोल विकास संस्थाका अध्यक्षलाई जुवातास खेल्नेलाइ र्कावाही गर्नुपर्ने बताईन
ईच्छाकामना २ हपनिका अगुवा चेपाङ महिला पैरवी मञ्च सदस्य भोगोलिक बिकटताको कारण प्रभावकारी सुचना नहुदा अधिकासं कार्यक्रमहरुमा उनहिरुको सहभागीता नहुने बताईन । साथै गाँउपालिकाले गरेको कार्यक्रममा चेपाङहरुलाई समावेस नगराएको बताईन ।
ईच्छाकामना २ वडा अध्यक्षले पन्च चेपाङले चेपाङहरुमा शिक्षा र चेतनास्तरको कमी भएकोकारण वालविवाह, बहुविवाह, महिला हिंसा हुने गरेको आफुहरु अन्य समुदाय भन्दा पछाडी परेको र स्थानिय निकायले पनि चेपाङको विकासका मागलाई वेवास्था गर्ने गरेको बताए ।
ईच्छाकामना वडा नं। १ का वडा अध्यक्ष नन्दलाल गीरीले आगामी दिनमा चेपाङ वस्तिमा जाने शाखा बाटोहरुको निमार्णलाई प्राथमिकता दिने जाँडरक्सी जुवातास र वाल विवाह विरुद्ध अभियान चलाउनु पर्ने बताए ।
डेक–नेपाल द्धारा अन्डेफको सहयोगमा संचालित लङ्गिंक उत्तरदायी सुशासन प्रवद्र्धनका लागि युवा चेपाङ महिला अगुवाहरुको सशक्तिकरण कार्यक्रम अन्तरगत गठन गरेका अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजना तथा नेपाल चेपाङ संघको समन्वयमा ईच्छाकामना गाँउपालिका वडा नं। १ र २ का अगुवा चेपाङ महिला पैरवी मञ्चका अध्यक्षको अध्यक्षतामा ईच्छाकामना गाँउपालिका १ र २ का वडा अध्याक्षहरुको प्रमुख आतिथ्यतामा यहि फागुन २३ र २४ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडाका निर्वाचित वडा सदस्यहरु, महिला सदस्य टोल विकास संस्थाका अध्यक्ष, नेपाल चेपाङ संघका, गाँउपालिका अध्यक्ष, प्रदेस सचिव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,विद्यालयका प्रधान अध्यापक,सामुदायीक वन उपभोक्ता समिति, खानेपानि तथा सरसफई उपभोक्ता समितिका पदाधिकारी, स्थानिय श्रोत व्यक्तिहरु, राजनितिक दलका प्रतिनिधि, पत्रकारहरु, रेडीयो अपर्णका संचारकर्मी लगाएत ८५ जनाको सहभागीता रहेको थियो । कार्यक्रम अगुवा चेपाङ महिला पैरवी मञ्चका स्थानिय श्रोत व्यक्तिहरुले संचालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker