गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा गौतम बुद्ध कप क्रिकेट प्रतियोगीता सम्पन्न

चितवन
चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न ुखुल्ला तथा वडास्तरिय प्रथम गौतमबुद्ध कप टी(२० क्रिकेट प्रतियोगिताु को उपाधी भरतपुर ४ ले जितेको छ । निर्माणाधिन रंगशाला सहयोगार्थ आयोजना गरिएको प्रतियोगिताको आज (बुधबार) सम्पन्न फाइनलमा वडा नं २० लाई हराउदै ४ ले उपाधी जितेको हो ।
फाइनलमा भरतपुर ४ ले २० लाई २७ रनले पराजित र्गयो । भरतपुर ४ ले दिएको १६० रनको लक्ष्य पछ्याएको भरतपुर २० ले निर्धा्रित ओभरमा ९ विकेट गुमाउदै १३२ रन मात्र बनायो । भरतपुर २० बिरुद्द भरतपुर ४ का चिरन श्रेष्ठ एक्लैले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका श्रेष्ठले २६ रन खर्चिए ।
त्यस अघी नमुना मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको भरतपुर ४ ले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउदै १५९ रन बनाएको थियो । उसका लागि चिरन श्रेष्ठले १७ बलमा २७ रन बनाए ।
बिजेता बनेको भरतपुर ४ ले नगद ७० हजारसहित ट्रफ्री प्राप्त गरेको छ भने उपबिजेता बनेको भरतपुर २० ले ३५ हजार रुपैँयामा चित्त बुझाएको छ । प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका भरतपुर ४ का चिरन श्रेष्ठ म्यान अफ दि सिरिज घोषित भए । उनले नगद ७ हजार रुपैँया प्राप्त गरेको प्रतियोगिता संयोजक पुष्पराज आचार्यले जानकारी दिए ।
यस्तै भरतपुर २० का सन्तोष न्यौपाने उत्कृष्ट ब्याट्सम्यान र २० कै हेमराज पौडेल उत्कृष्ट बलर घोषित भए । उनिहरुले जनही ४(४ हजार रुपैँया प्राप्त गरे । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी धुर्मुस सुन्तली फाउण्डेशनकी उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली), पुर्व राष्ट्रिय कप्तान तथा क्यान चितवनका प्रमुख प्रशिक्षक राजु खड्का, सेन्ट्रल कलेफ अफ भोकेसनल ट्रेनिङ नारायणगढका निर्देशक जीवन लामिछाने लगायतले पुरस्कार बितरण गरेका थिए ।
रगंशाला निर्माण सहयोगार्थ आयोजित प्रतियोगितामा भरतपुरका बिभिन्न वडा र क्लब गरी ३२ टोलीको सहभागीता रहेको थियो । रगंशालालाई केही दिन भित्रै सहयोग रकम हस्तान्तरण गरिने आयोजक चितवन आदर्श युवा क्लबका अध्यक्ष उमाकान्त आचार्यले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker