पल्सर मोटरसाइकल अब १२५ सीसीमा पनि

चितवन ।

मोटरसाइकलका पारखीहरुको लागि बजाज कम्पनीले १२५ सीसीमा समेत पल्सर मोटरसाइकल उपलब्ध गराएको छ ।

नारायणगढको नारायणी मोटर्सले १२५ सीसीको पल्सर मोटरसाइकल आज (बिहीबार)देखि बिक्री शुभारम्भ गरेको हो । नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेसहित नारायणी मोटर्सका पुराना ग्राहक तोयानाथ पन्त र अच्युत अधिकारीले १२५ सीसीको मोटरसाइकलको बिक्री शुभारम्भ गरेका हुन् । फोर स्ट्रक इन्जिनमा उपलब्ध १२५ सीसीको पल्सरले प्रति लिटर पेट्रोलले ५५ किलोमिटर माइलेज दिने नारायणी मोटर्सका सिनियर सेल्स अफिसर हरेराम खरेलले बताए ।

खरेलकाअनुसार मोटरसाइकलमा १२ लिटरको पेट्रोल ट्याङ्की रहेको छ । १४० किलो तौल भएको मोटरसाइकलको अगाडि डिस्क ब्रेक जडान भएको खरेलले बताए । मोटरसाइकलमा एन्टी स्कीड ब्रेक सिस्टम भएकाले पछाडिको ब्रेक लगाउँदा अगाडिको ब्रेक आफै लाग्ने खरेलको भनाइ छ ।

मोटरसाइकल बिक्री शुभारम्भका क्रममा नारायणी मोटर्सका रिजनल सेल्स अफिसर दिनेश साहले सो मोटरसाइकलको इन्जिन क्षमता ११.८ हर्शपावर रहेको उल्लेख गर्दै राम्रो पिकअप दिने बताए । मोटरसाइकलमा पाँच गियर क्षमता रहेकाले पाँचौ गियरमा आरमदायी यात्रा गर्न सकिने साहको भनाइ छ । कम्पनीले मोटरसाइकलको खरिदमा विभिन्न उपहार योजना समेत ल्याएको छ ।
नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले मोटरसाइकलको खरिदमा स्क्र्याच कुपन मार्फत १० हजार रुपैयाँ जित्न सकिने उल्लेख गरे । त्यस्तै, बजाज कम्पनीका जुन सुकै मोटरसाइकलको खरिदमा हरेक दिन लक्की ड्र मार्फत सामसुङ कम्पनीको एलसीडी टीभी, वासिङ मेसिन, मोबाइललगायतका उपहारहरु प्रदान गरिने चुकेको भनाइ छ ।
दुई लाख २४ हजार नौ सय रुपैयाँ मूल्य रहेको १२५ सीसीको पल्सर मोटरसाइकलमा फाइनान्सको सुविधा समेत उपलब्ध गराइएने नारायणी मोटर्सका फाइनान्स अफिसर रिचेन पण्डितले बताए । पण्डितकाअनुसार ४० प्रतिशत डाउनपेमेन्ट गरेको अवस्थामा फाइनान्समा मोटरसाइकल उपलब्ध गराइनेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker