गायक रन लामाको नयाँ गीत “छड्के बुलाकी” सार्वजनिक

काठमाडौँ ।

गायक रन लामाको नयाँ गीत “छड्के बुलाकी” को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियोमा सर्बाधिक चर्चामा रहन सफल भद्रगोल’ नामक हाँस्य टेलिश्रृंखलाबाट अभिनयमा चिनिएका सागर लम्साल ‘बले’,जुना सुन्दास र सन्जिब राईलाइ आकर्षक रुपले फिचर्ड गरिएको छ ।

गायक रन लामाको अफिशियल युट्युब च्यानल बर्फत बजारमा आएको उक्त गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने मानशी किरणको संगीत संयोजन रहेको छ ।मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई निर्देशक सर्जुन राईले निर्देशन गरेका हुन् । भिडियोलाई अनिल के मानन्धरले छायाँकन गरेका हुन् भने शिलान लम्सालले सम्पादन गरेका हुन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker