पाथिभरा कम्पेल्क्सका सञ्चालक अधिकारीद्धारा घरभाडा निशुल्क गर्ने घोषणा

चितवन ।

काठमाडौमा घरभाडा र आइसोलेसन वार्डका लागि निशुल्क गर्ने मनकारी व्यक्ति देखिएसंँगै चितवनमा पनि घरभाडा निशुल्क गर्ने व्यक्ति भेटिएका छन । देशको बिषम परिस्थितिलाई मध्यनजर गर्दै खैरहनी नगरपालिका वडा नम्बर ८ पाथीभरा कम्पेल्कसका सञ्चालक सागर अधिकारीले कम्पलेक्सका १९ वटा सटरको भाडा निशुल्क गर्ने आज घोषणा गरेका हुन । उनीसंँगै यो कम्पलेक्सका साझेदार अनिल श्रेष्ठ, वासु डल्लाकोटी, रसिक पाण्डे रहेका छन । ‘ हामीले अहिले तत्काल एक महिनाको लागि निशुल्क गर्ने निर्णय गरेका हौं, सञ्चालक अधिकारीले भने, अवस्था अनुकुल नभए अन्य महिनाको लागिपनि थप गर्दै लग्नेछौं।’ अधिकारीका अनुसार प्रतिमहिना १ लाख २५ हजार उक्त कम्पेल्क्सबाट भाडा संकलन हुदै आएको छ । चैत्र महिनाबाटनै लागु हुनेगरी सम्पूर्ण भाडा निशुल्क गरिएको अधिकारीले जानकारी दिए । कम्पेल्क्समा हाल, होटल, व्युटीपार्लर, कपडा पसल लगायत १२ वटा व्यवसाय सञ्चालन हुदै आएका छन । सञ्चालकहरुले केहीबर्ष अघिदेखि सो स्थानमा जग्गा भाडामा लिएर कम्पेल्कस सञ्चालन गर्दै आएका थिए । भाडा निशुल्क घोषणा गरेसंँगै सामाजिक सञ्जालमा उनको प्रशंसा गर्नेको ओइरो लागेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker