रत्ननगर १ मा २३६ परिवारलाई राहत वितरण, आज तथा भोली पनि बितरण हुने

चितवन । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी खाने गरिब तथा विपन्न परिवारका लागि रत्ननगर १ मा राहत वितरण सुरु गरिएको छ ।

विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग एवम् वडा कार्यालयकै बजेटबाट राहत वितरण गरिएको वडाध्यक्ष शंकरसिंह तामाङले बताए ।

https://www.facebook.com/mabipinbabu/videos/3214112835266915/

बुधबार दिउँसोदेखि वडा कार्यालय भवनबाटै राहत वितरण सुरु गरिएको हो । जसमा व्यक्ति तथा संस्थाहरुले पनि सहयोग गरेका छन् ।रत्ननगर १ का समाजसेवी, व्यवसायी तथा सहयोगी भावना भएका महानुभावले पनि खाद्यान्न सहयोग गरेका छन् ।

जसमा इलाभेन (११) ब्रदर्श युथ क्लब रत्ननगरले १५ परिवार, गिरिराज लम्साल, युवराज आचार्य (राजन), भेषराज दुवाडी, आनन्द क्षेत्री (पन्त) र मनोज बस्नेत (प्रदीप बस्नेत) बाट १०, १० परिवार, त्रिलोचन रिजाल र गुणराज दुवाडी (मोहन दुवाडी) बाट ५, ५ परिवारलाई राहत सहयोग प्राप्त भएको जनप्रतिनिधि बाबुराम गौतमले जानकारी दिए ।

राहत वितरणलाई प्रभावकारी बनाएर वडा कार्यालयले स्थलगतरुपमा विपन्न परिवार तथा भाडामा बस्नेहरुको तथ्यांक संकलन गरी सामाजिक दूरी कायम गरी राहत वितरण गरिएको अर्का जनप्रतिनिधि शालिकराम पराजुलीले बताए ।

रत्ननगर नगरपालिका वडा नं १ को विभिन्न टोल विकास समितिमा बसोबास गर्ने अपाङ्ग, अतिविपन्न, देनिक ज्याला मजदुरी गर्ने परिवारहरुको नामावलीअनुसार नागरिकताको फोटोकपी तथा मतदाता परिचयपत्रका आधारमा राहत लिनेमा एक जनादेखि ११ जनाको सामूहिक परिवारसम्म रहेको वडा सचिव सूर्य ढुंगानाले जानकारी दिए ।

रत्ननगर १ का विपद् व्यवस्थापन समितिका अध्यक्ष शंकरसिं तामाङको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले वडाभित्र राहत वितरण गर्दा वडा कार्यालय मातहतको एकद्वार प्रणालीबाट वितरण गरिनुपर्ने निर्णय गरेको छ ।

यस्तै, सो बैठकले विषम परिस्थितिमा राहतका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । राहत वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षासेवी, स्वयंसेवक, दलका प्रतिनिधि, पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

https://www.facebook.com/mabipinbabu/videos/3214326705245528/

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker