
चितवन । लकडाउन समयको सदुपयोग गर्दै भरतपुर १२, चितवनमा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले एस. इ. इ विद्यार्थीहरुको लागि अनलाइन कक्षा संचालन गरेको छ ।
यो निः शुल्क अनलाइन कक्षामा सहभागी हुनका लागि जुम एप डाउनलोड गरेर हरेक दिन अपरान्ह २:०० बजे जोडिन सकिने र भिडियो कलबाटै दोहोरो छलफल गरी कक्षा लिन सकिने प्राचार्य इन्दिरा कार्कीको भनाइ छ ।
अनलाइन कक्षामा धेरै परिक्षार्थीहरूले सहभागी जनाएको र सहभागिता बढ्दो क्रममा रहेकोले लाइभ जोडिन असमर्थ भएकाहरूको सुविधालाई ध्यानमा राखी छलफललाई रेकर्ड गरी युट्युबमा पनि राखिने कुरा सह प्राचार्य उपेन्द्र आचार्यले जनाउनुभयो ।यो अनलाइन तयारी कक्षाबाट आफुहरू लाभान्वित भएको विद्यार्थीहरुले बताएका छन् । कोरोना भाइरसको महामारी सुरु हुन अघि त्यति धेरै चर्चा र प्रयोगमा नरहेको जूम आज घरमा बसेर कार्यालय सञ्चालनको सबैभन्दा उपयोगी टूल सावित भएको छ । प्रयोग गर्न सहज रहेको यो एपमार्फत प्रयोगकर्ताले चाहेअनुसार मिटिङ राख्न सक्छन् । निःशूल्क र सःशूल्क दुबै भर्सनमा उपलब्ध यो एप अघिल्लो वर्ष अप्रिलमा मात्रै सार्वजनिक भएको थियो ।