मानव सेवा आश्रमलाई कामना विकास बैंकको सहयोग

चैत्र २३, चितवन । कामना विकास बैंक, नारायणगढ शाखाले भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामाग्री सहित सेनिटाइजर र मास्क सहयोग गरेको छ ।
बैंकका शाखा प्रबन्धक सहितको टोलिले आज आश्रम पुगेर एकहप्तालाई पुग्ने खाद्य सामाग्री सहयोग गरेको हो । हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक सुरेश घिमिरले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत खाद्यान्न सामाग्री सहित सुरक्षा कवच प्रदान गरेको बताए । देशनै कोरोना संक्रमण र लकडाउनको अवस्थामा गुज्रेको भन्दै घिमिरेले यहांँ रहेका बेसहारा बृद्धबृद्धालाई राहत पुगोस भन्ने हेतुले सामाग्री सहयोग गरिएको बताए । पांँचबर्षअघि सञ्चालनमा आएको उक्त आश्रममा मानसिक सन्तुलन ठिक नभएका, बेसाहारा, सहयोगापेक्षी गरी ६० जना आश्रित छन । सो क्रममा प्रतिक्रिया दिदै आश्रमकी जिल्ला संयोजक निता केसीले आश्रममा दैनिक खाद्यसामाग्री अभाव भइरहेको बेला बैकले गरेको सहयोगले केही राहत मिलेको बताइन । लकडाउन अघि अन्य दाताहरुले दैनिक रुपमा विभिन्न अवसर पारेर आर्थिक सहयोग गर्दै आएपनि हालका दिनहरुमा सहयोग कम आएका कारण समस्या पर्दै गएको उनको भनाई थियो । बैकले आजै पशुपतिनाथमा रहेका बांँदरहरुलाई पनि खाद्यवस्तु दिएको बताएको छ । बैकलले यसअघिपनि विपन्न समुदायमा स्वास्थ्य शिविर, सामुदायिक विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेको थियो । बैंकको देशभर १२३ शाखा छन भने चितवनमा मात्रै ५ वटा शाखा रहेका छन ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker