वरिष्ठ कलाकार ॠद्धिचरण श्रेष्ठद्धारा भित्तेपात्रो विमोचन

चितवन ।

चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले हरेक नयाँ बर्षमा भित्तेपात्रो प्रकाशन गरे सँगै नयाँ बर्ष २०७७ को भित्तेपात्रोको पनि विमोचन गरेको छ । शनिबार भरतपुरमा एक कार्यक्रमका वीच पत्रिकाले भित्तेपात्रो बिमोचन गरेको हो । सो भित्तेपात्रो वरिष्ठ कलाकार ॠद्धिचरण श्रेष्ठले गर्नु भएको थियो । विमोचन पछि बोल्दै श्रेष्ठले यस्तो बिषम परिस्थितिमा पनि पत्रिकाले भित्तेपात्रो प्रकाशन गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । उहांँले विगत देखि नै स्थानीय स्तरमा पाठकको मन जित्न सफल यस पत्रिकाको सफलताको कामना गर्नुभयो । सो क्रममा बोल्दै पत्रिकाका महाप्रबन्धक हरि कार्की “लक्की” ले लकडाउनको कारण नयाँ बर्षमा अधिकांश संस्थाले भित्तेपात्रो प्रकाशन गर्न नसकेपनि पत्रिकाले आम पाठक, विज्ञापनदाता, शुभचिन्तकको लागि दायित्व निर्वाह गरेको बताउनुभयो । आगामी बर्षमा समेत आफ्ना नियमित प्रकाशनलाई निरन्तरता दिने बताउंँदै कार्कीले सधै आफ्ना पाठक, विज्ञापनदाता र शुभचिन्तकको साथ सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा भित्तेपात्रो बिमोचन संगै नयाँ बर्ष २०७७ सालको शुभकामना समेत आदानप्रदान गरिएको थियो । पत्रिकाका महाप्रबन्धक हरि कार्की “लक्की”को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रिकाका स्तम्भ संयोजक प्रमुख जय पाठक (जे.पी.) ले सन्चालन गर्नुभएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker