स्वास्थकर्मी सुरक्षाकर्मी र पत्रकारहरुलाइ इनर्जी ड्रीङ्ग्स बितरण

केशब तिवारी घायल / गैंडाकोट –

लायन्स क्लब अफ मौलाकालिका गैंडाकोटले कुमारी मार्केटिङ द्वारा प्राप्त गरेको ३० कार्टुन इनर्जी ड्रीङ्ग्स नेस क्याफे र नेस टी गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल र वडा नं. ५ का वडा अध्यक्ष नबराज कंडेलको रोहवरमा नगरपालिका लाइ हस्तान्तरण गरेको छ ।

लकडाउनका बेला गैंडाकोट नगरपालिका भित्रको सुरक्षा सतर्कतालाई ध्यानमा राखी अहोरात्र खटिएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र पत्रकारहरुका लागि उक्त इनर्जी ड्रीङ्ग्स राज्यले निर्धारण गरेको एकद्वार प्रणाली मार्फत बितरण गर्नका लागि नगर प्रमुखको रोहवरमा बितरण गरिएको लायन्स क्लब अफ मौलाकालिका गैंडाकोटका अध्यक्ष दया सागर सुवेदीले बताए । उक्त कार्यक्रमम यो समयमा गैंडाकोट नगरपालिका क्षेत्र भित्र अहोरात्र खटिएका सबै सुरक्षा निकाय स्वास्थकर्मी र पत्रकारहरुका लागि फेरि पनि अन्य राहतका कार्यक्रम लायन्स क्लब मार्फत आउने तयारीमा रहेको डिस्ट्रीक एडभाइजर mjf कृष्ण पाण्डेले जानकारी गराएका थिए ।

गैंडाकोट नगरपालिका भित्र अहोरात्र सेवा दिइरहेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र पत्रकारहरुलाइ उक्त इनर्जी ड्रीङ्ग्स नगरपालिका परीसर बाट नै बितरण गरिएको थियो भने उपस्थित सबै स्वास्थ्यकर्मी सुरक्षाकर्मी र पत्रकारहरुले लायन्सक्लब अफ मौलाकालिका गैंडाकोटलाई इनर्जी ड्रीङ्ग्स उपलब्ध गराइ यो बिपतको समयमा अझ सेवा गर्न हौसला थपिदिएकोमा धन्यबाद समेत व्यक्त गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker