
लायन्स क्लब अफ रत्ननगर शान्ती चोक आज भएको अधिबेशनबाट शान्ती चोकको नयाँ अध्यक्षमा राजु शिवाकोटी निर्वाचित भएका छन । नेपाल सरकारले जारी गरेको लकडाउनलाई मध्यनजर गर्दै अन्लाईनबाट क्लबको ५ औ साधारणसभाबाट बर्ष २०२०/२१ का लागि सिबाकोटी अध्यक्ष निर्वाचित भएका हुन । शिबाकोटी विभिन्न संघसंगठन आवद्ध छन उनका पहलमा धेरै सामाजिक काम हरु भएका छन । उनले आफ्नो कार्यकालमा क्लबलाई नयाँ गति दिने प्रतिबद्धता जनाए । सधारणसभाबाट क्लबको प्रथम उपाध्यक्षमा निल्कन्थ लामिछाने , द्धितिय उपाध्यक्षमा गोकुल पराजुली सचिवमा लियो क्लब अफ रत्ननगर शान्ति चोकका पुर्ब अध्यक्ष असिम गिरि र कोषाध्यक्षमा सन्देश बिष्ट निर्वाचित भएका छन । विभिन्न समाजिक क्रियाकलापमा सक्रिय लायन्स क्लब अफ रत्ननगर शान्ती चोक चितवन जिल्लाकै लोकप्रिय लायन्स क्लब हो। क्लबले समाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्रियाकलाप गर्दै आएको छ लायन्स क्लब अफ रत्ननगर शान्ती चोकको बर्ष २९/२० का अध्यक्ष राजु भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो लायन्स क्लब अफ शान्ती चोकका सचिव असिम गिरिले जानकारी दिनु भयो