लियो क्लव अफ चितवन पर्साको अध्यक्षमा सन्दीप अधिकारि चयन

आशिष उप्रेती, चितवन, बैशाख १२-

लियो क्लव अफ चितवन पर्साको अध्यक्षमा सन्दीप अधिकारि चयन भएका छन् । शुक्रबार भएको क्लवको चौथो अधिबेशनबाट वर्ष २०२० र २१ का लागि नयाँ समिति चयन गरेको हो । क्लवको प्रथम उपाध्यक्षमा नितिन बस्नेत,सचिवमा अनिशा सुबेदि र कोषाध्यक्षमा रोशन तिवारी चयन भएका छन् ।

हाल बिश्व भरी फैलिएको कोरोना भाईरसको कारणले गर्दा लक डाउनको नियन पालना गर्दै अनलाइन भिडियोबाट अधिबेशन गरिएको र बाकी समिती कार्यकाल सुरुवात संगै चयन हुने निवार्चन अधिकृत रुपेश भट्टले जानकारी दिनुभयो ।

२०१९ र २० का हालका क्लवका अध्यक्ष नमराज लामिछाने र पुर्ब अध्यक्ष अञ्जन चौधरीद्वारा नया समितिलाई कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।

साथै निर्वाचित अध्यक्षले कोभिड-१९ अर्थात कोरोना भाईरस बाट साबधानिको उपाय अपनाउन र घरमा बसेर सुरक्षित रहन सम्पुर्णमा आग्रह गर्दै छिटो यो रोगको अन्त्य होस भनेर शुभकामना दिनु भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker