लायन्स क्लब अफ चितवन युथको अध्यक्षमा युवाउद्यमी शाक्य

बैशाख १६, चितवन ।

लायन्स क्लब अफ चितवन युथको अध्यक्षमा युवा उद्यमी , व्यवसायी एवं लोकमान एण्ड सन्सका सञ्चालक निलेनमान शाक्य चयन भएका छन् । क्लबको आज (मंगलबार) सम्पन्न १३ औं अधिबेशनले शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा अस्मिन घिमिरे, द्दितिय उपाध्यक्षमा कमल बहादुर पौडेल, तृतिय उपाध्यक्षमा बिक्रम सापकोटा चयन भएका छन् । यस्तै क्लबको सचिवमा शोभाकर अधिकारी र कोषाध्यक्षमा सुदर्शन पौडेल चयन भएका छन् ।

अन्य पदाधिकारी र सदस्यहरु भने पछि चयन गर्दै लगिने नवनिर्र्र्वािचत अध्यक्ष शाक्यले जानकारी दिए । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण जारी लकडाउनलाई मध्यनजर गर्दै अनलाइनबाट नै अधिवेशन गरिएको उनले बताए । अध्यक्ष भएसंगै सबैसंँग समन्वय गरी क्लबलाई उचाईमा पुरयाउने शाक्यको भनाई छ । शाक्य विभिन्न सामाजिक संस्था लगायत अन्य संस्थामा समेत सक्रिय हुँदै आएका छन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker