स्वदेशी अर्गानिक उत्पादन विदेश पठाउंँदै ‘मान्द्रो नेपाल’

बैशाख २१, चितवन ।

भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको ‘मान्द्रो नेपाल’ले स्थानीय तरकारीहरुलाई सुकाएर प्याकिङ्ग गरेर विदेश पठाउंँदै आएको छ । विगत दुईबर्षदेखि उत्पादन गर्दै आएपनि गतबर्षबाट व्यवसायिक रुपमा विदेश पठाउंँदै आएको हो । यहांँको अर्गानिक उत्पादन गुन्द्रक, मस्यौरा, मुला तथा कुपिण्डोको चाना , सिन्की , टिकीया लगायत उत्पादनहरु विदेश पठाउंँदै आएको मान्द्रो नेपालले जानकारी दिएको छ ।

अर्गानिक रुपमा उत्पादन गरिएको रायोको साग, कर्कलो, मास, कुपिण्डो , मुलालाई सोलारको माध्यमबाट सुकाएर प्याकिङ्ग गरेर विदेश पठाउंँदै आएकी मान्द्रो नेपालकी सञ्चालिका अम्बिका धिताल बताउंँछिन । ‘पहिले हाम्रो उत्पादन नेपालमै खपत भएपनि गतबर्षबाट विदेश पठाउने गरेको छु ’ उनले भनिन ।

उनका अनुसार मान्द्रो नेपालका उत्पादन स्थानीय बजार, काठमाडौ, पोखरा र अमेरिका , अष्ट्रृेलिया, लण्डनमा पठाइने गरेको छ । हाल मान्द्रो नेपालले करीब ६ कठ्ठा क्षेत्रफलमा यी उत्पादनहरु गर्दै आएको छ । ‘अर्गानिक उत्पादनको माग विस्तारै बढ्दै गएको मैले अनुभव गरें, उनले भनिन, विदेशमा रहेका नेपालीको माग झनै बढ्दो छ ।‘ लगाइएका उत्पादन खेर नजानेर लामोसमयसम्म नविग्रने भएकोले आफूले यो व्यवसाय शुरु गरेको धितालको भनाई छ । मान्द्रो नेपालले प्रतिकेजी एकहजार देखि १ हजार ५सय रुपैयांँ सम्म आफ्नो उत्पादन बाहिर पठाउने गरेको छ । ‘अर्गानिक उत्पादन एक पूर्णरुपमा बिषाक्तरहित उत्पादन हो उनले भनिन, अर्को कुरा यसले नेपालको स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न समेत मदत गर्दछ ।’ गतबर्षमात्र २ हजार केजी अर्गानिक उत्पादन बिक्री गरिसकेको उनले बताइन । अहिलेपनि बिदेशबाट अर्गानिक उत्पादनको अर्डर आएको र लकडाउन खुलेपछि पठाउने तयारी गरिएको छ । उत्पादनको मागलाई मध्यनजर गर्दै हाल यसलाई प्रशोधन गर्ने, प्याकिङ्ग गर्ने,र भण्डारण गर्दै आएको धितालको भनाई छ ।

मान्द्रो नेपालले प्रतिकेजी एकहजार देखि १ हजार ५सय रुपैयांँ सम्म आफ्नो उत्पादन बाहिर पठाउने गरेको छ । ‘अर्गानिक उत्पादन एक पूर्णरुपमा बिषाक्तरहित उत्पादन हो उनले भनिन, अर्को कुरा यसले नेपालको स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न समेत मदत गर्दछ ।’ गतबर्षमात्र २ हजार केजी अर्गानिक उत्पादन बिक्री गरिसकेको उनले बताइन ।

अहिलेपनि बिदेशबाट अर्गानिक उत्पादनको अर्डर आएको र लकडाउन खुलेपछि पठाउने तयारी गरिएको छ । उत्पादनको मागलाई मध्यनजर गर्दै हाल यसलाई प्रशोधन गर्ने, प्याकिङ्ग गर्ने,र भण्डारण गर्दै आएको धितालको भनाई छ । मान्द्रो नेपालले स्थानीय महिलालाई आत्मनिर्भर बनाउने उद्धेश्यले एक दर्जन महिलालाई रोजगारी दिदै आएको बताएको छ । ‘एकत चुलोचौकामा मात्र सिमित महिलालाई आत्मनिर्भर रहन मदत गर्छ, सञ्चालिका धिताललले भनिन,यसलाई ससाना खाली जग्गामा समेत प्रयोग गर्न सकिन्छ ।’ विगतका बर्षदेखिनै मान्द्रो नेपालले आफ्ना उत्पादनहरुलाई मेला , महोत्सव, प्रर्दशनीमार्फत प्रर्दशन गर्दै आएको छ ।

आगामी दिनमा अर्गानिक उत्पादनको क्षेत्र विस्तार गर्दै नेपालको मौलिक उत्पादनलाई विश्वभर पुरयाउने लक्ष्य लिएको मान्द्रो नेपालले बताएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker