नेपालमा पछिल्लो समयमा सवारी साधनको ट्रयाकिङ्ग

नेपालमा पछिल्लो समयमा सवारी साधनको ट्रयाकिङ्ग भद्दैगएको छ | यस्ता सेवा भिबिन्न कम्पनीहरुले दि रहेका छन् |त्यसमध्य ई-फास्ट ट्रयाक सोलुसन्स प्रालिले ई –फास्ट ट्रयाक ब्राण्डको जीपीएस सवारी साधन ट्रयाकिङ्ग सिस्टममार्फत नेपाल मा सेवा दिइरहेको छ | यो कम्पनीले भेइकल अटोमेसनको काम गर्छ | यसले भेइकल ट्रयाकिङ्ग सिस्टम, फिट म्यानेजमेन्ट,ट्रान्सपोर्ट म्यानेजमेन्ट,इस्कुल र एड्भान्स ड्राइभर एसिस्टेन्ट सिस्टमको सेवा दिन्छ | कम्पनीका सिइओं सन्तोष तामाङ्गले दिएको जानकारीअनुसार यो २०१६ मा स्थापना भएको कम्पनि हो | उनका अनुसार जीपीएस ट्रयाकिङ्ग सिस्टमले सवारी साधन कहाँ छ , कुन स्पिडमा चलेको छ, कहाँ-कहाँ रोकिएको छ,दिनमा कति टिृप गरेको छ,कुन बेला कुन स्थानमा थियो,अहिले कहाँ छ लगाएत भिबिन्न खालका सूचना दिन्छ, त्यसैगरी यसले गाडीमा कति इन्धन छ,माइलेज कति दिएको छ,आज कति इन्धन हालेको छ वा इन्धन छोरि भएको छ भने त्यसको सूचना पनि यस सिस्टमबाट लिन सकिन्छ | धेरै गाडी मालिकले लाखौको गाडी किनेर त्यो गाडी बाट नाफा लिन सकेका हुदैनन् | यो सबैको कारण भनेको मालिकले गाडीको साचो ड्राइभरलाइ सुम्पेको हुन्छ, अनि गाडी मालिकसंग कन्ट्रोल मेकानिजम हुदैन | जसले गर्दा गाडीमा गरेको लगानीअनुसारको प्रतिफल हुदैन | तर ट्रयाकिङ्ग भएको गाडी लगानीकर्ताको नियनत्रणमा हुने हुनाले त्यो गाडी बाट भरपुर प्रतिफल लिन सकिने उनले बताएका छन् |त्यस्तै यो सिस्टमले गाडी चालकलाई पनि फाइदा हुन्छ | कुनै स्थानमा गाडी बिग्रिएमा वा दुर्घटना परेमा पनि पत्ता लगाउन सजिलो हुन्छ | त्यसै गरि कतिपय ड्राइभरहरुको यो सिस्टम प्रयोग गरेपछि इमान्दार रहेछ भनेर तलब पनि बढेको छ | यो सिस्टमको प्रयोग गर्न प्रत्येक गाडीमा एउटा डिभाइस जडान गरिन्छ | डिभाइसमा उपभोक्ताको आबस्यकता अनुसारको सबै फिचर जडान गरिएको हुन्छ| कुनै डिभाइसमा जेनेरल सिस्टम हुन्छ भने कुनैमा क्यामरा जडित डिभाइस राखिएको हुन्छ | त्यसै गरि कुनै डिभाइसले इन्धन सेन्सरको काम गर्छ कुनैले गर्दैन | यसमा १० फरक फरक फिचर भएको डिभाइस कम्पनीले प्रयोग गर्छ | यो सिस्टम मोबाइल कम्युनिकेसन सिस्टमको माध्यमले टुजी र फोर्जि तथा फाइबजी नेटवर्कमार्फत हेर्न सकिन्छ | रिपोर्ट हरेक समय मात्र हैन, आज हेर्न नभ्याएको रिपोर्ट पछि जुन सुकै समयमा पनि हेर्न सकिन्छ | कतिपय सवारी साधन कुनै रुटमा चल्छ वा कुनै क्षेत्रमा सिमित हुन्छ, यदि त्यसले त्यो क्षेत्र क्रस गरेको खण्डमा पनि यो सिस्टम ले जानकारी गराउँछ | यो सिस्टमले गाडीलाइ उच्चतम सुरक्षा दिएर लगानीको प्रतिफल सहयोग गर्छ भने सवारी चालकले गाडीको अनधिकृत प्रयोग गरेर नोक्सान पुर्यांउन सक्दैन् | त्यस्तै यो सिस्टमका कारण गाडीको स्पिड नियनत्रण हुने हुदा गाडी चाडो पुरानो हुदैन भने दुर्घटना बाट पनि गाडी जोगाउन सकिन्छ | यो सिस्टमको प्रयोग गरेको गाडीमा ट्राफिकको फाइन पनि कम भएको प्रयोग कर्ता को अनुभब छ | यो सिस्टमको प्रयोग गरेको गाडी कसैले चोरेर लान खोजेको अवस्थामा गाडी रोकिसके पछि पूर्ण स्टाटॅ गर्न नमिल्ने पनि बनाउन सकिन्छ | अहिले यो सिस्टम कम्पनीले ५ हजार भन्दा बढी गाडीहरुमा प्रयोग भै रहेको यस कम्पनीका सिइओं तथा प्रबन्ध निर्देसक सन्तोष तामाङ्गले जानकारी दिनु भयो |

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker