लक्की मिडियाको भित्तेपात्रो विमोचन तथा बधाई कार्यक्रम

चितवन ।

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नयांँ बर्ष २०७७ को भित्तेपात्रो विमोचन तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । भित्तेपात्रोको विमोचन भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष डाक्टर भोजराज अधिकारी, युवा व्यवसायी तथा समाजसेवी सुजन ओझा तथा लक्की मिडिया हाउस चितवनका प्रबन्धक हरि कार्की “लक्की” ले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । सो अवसरमा नवनियुक्त अध्यक्ष डाक्टर अधिकारीलाई लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की” ले बधाई तथा शुभकामना दिनुभएको थियो ।

विमोचनपछि बोल्दै डाक्टर अधिकारीले कोरोना कहरको समयमा पनि लक्की मिडिया हाउसले भित्तेपात्रो नियमित प्रकाशन गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । उहांँले कोरोनाले सम्झनालायक बर्ष भएको भन्दै यस्तो दु:खद बर्ष कहिल्यै नआओस भन्ने कामना गर्नुभयो । डाक्टर अधिकारीले यो भित्तेपात्रो बर्षको दर्पणको रुपमा रहेर अब शुभारम्भको दिनको पात्रो हुने अपेक्षा गर्नुभयो । कोरोनाको विषयमा बोल्दै उहांँले चितवन उच्चजोखिम रहेपनि हालसम्म चितवनमा कोरोनाको त्यस्तो गम्भिर अवस्था नआएको बताउनुभयो । उहांँले कोरोना नियन्त्रण तथा रोकथामका लागि भरतपुर अस्पतालले निकै ठूलो भूमिका खेलेको बताउनुभयो । आगामी दिनमा अस्पतालको गरिमा र उचाई कायम राख्दै अस्पतालका सेवाहरुमा थप गुणस्तरता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा बोल्दै उहांँले हाल भरतपुर असपताललाई मेडिकल कलेज स्थापना गर्नको लागि प्रक्रिया अगाडि बढाईएको समेत बताउनुभयो । युवा व्यवसायी तथा समाजसेवी सुजन ओझाले लक्की मिडिया हाउसले स्थापनाकालदेखि नै चितवन खबर पत्रिका तथा भित्तेपात्रो प्रकाशन गर्दै आएको भन्दै सफलताको कामना गर्नुभयो । कार्यक्रमका सभापति कार्कीले निकै कठिनाईको बाबजुद आम पाठक, विज्ञापनदाता, शुभेच्छुकको चाहना अनुसार भित्तेपात्रो प्रकाशन गरिएको बताउनु यो । कार्यक्रम जय पाठक “जे.पी” ले सञ्चालन गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker