चितवन खबरको बार्षिकोत्सवसंँगै इ चितवन खबर डटकमको शुभारम्भ

जेठ २०, चितवन ।

मोफसलमा छोटो समयमै स्थापित हुन सफल चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले नवौं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव संँगै पत्रिकाले आफ्नो अनलाइन संस्करण इ–चितवन खबर डटकमको समेत शुभारम्भ गरेको छ ।

कोरोनाको कहरबीच पत्रिकाको कार्यालयमा एक कार्यक्रम बीच शुभारम्भ गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पुरानो मेडिकल कलेजका सहप्राध्यापक तथा वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदिपराज केसी र पत्रिकाकी सम्पादक इन्दिरा पन्तले कम्युटरमा क्लिक गरी संयुक्त रुपमा अनलाइन संस्करणको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर केसीले चितवन खबर पत्रिकाले चितवन लगायत देशका हरेक गतिविधिलाई समेटेर पाठकको मनमस्तिष्कमा बस्न सफल भएको बताउनुभयो ।

मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको अनलाईन संस्करण इ चितवन खबर डटकमको सफलताको कामना गर्नुभयो । पत्रिकाले नागरिक सँग सरोकार राख्ने स्वास्थ्य क्षेत्रलाई समेत उत्तिकै प्राथमिकता राखी समाचार प्रकाशन गरेको बताउनुभयो । उहांँले अनलाईन संस्करण मार्फत विश्वभर रहेका पाठकवर्गहरुलाई समेट्न सक्ने हुंँदा सुूचना प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । मिडिया र मेडिकल क्षेत्रबीच नङ्ग र मासुको जस्तै सम्बन्ध भएको भन्दै हरेक मिडियाले सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा उहांँले जोड दिनुभयो ।

कार्यक्रमका बिशेष अतिथि मेडिकल कलेजका सिनियर मेनेजर दुर्गा न्यौपानेले मिडियाले मेडिकल क्षेत्रमा भएको आविष्कार तथा नवीनतम प्रविधिलाई जनतासामु पुयाउन मदत पुर्याउंँदै आएको बताउनुभयो । पत्रिकाले नियमित रुपमा स्वास्थ्य सम्बन्धी स्तम्भ प्रकाशित गरी नागरिक र स्वास्थ्यकर्मी बीच जोड्न पुलको काम गरेको उहांँले बताउनुभयो । समयको माग र सुचना प्रविधिको विकाससंँगै इ चितवन खबर डटकमले चाडै फड्को मार्ने उहांँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी सुजन ओझाले पत्रिकाले आर्थिक सामाजिक लगायत अन्य क्षेत्रका समाचार सम्प्रेषण गरि लुकेका विषयवस्तुलाई जनता र सरकार समक्ष पुरयाउन सकेको भन्दै प्रंशसा गर्नुभयो ।

 

आगामी दिनमा अनलाईन संस्करणले दर्शक , श्रोता, पाठक एवं शुभेच्छुकको उत्तिकै मन जित्ने विश्वास व्यक्त गर्नुभयो । मिडिया हाउसका निर्देशक दिपक खड्काले विभिन्न आरोह अवरोहका बीच पत्रिकाले नागरिकको सुसुचित गर्ने अधिकार र खबरदारी गर्ने बिषयमा कहिल्यै विचलित नभएको बताउनुभयो । पत्रिकाले लामो समयदेखि चितवनमा रहेर आर्थिक, सामाजिक, राजनीतिक , स्वास्थ्य तथा कला क्षेत्रमा कलम चलाउने श्रमजीवि पत्रकार , संचारकर्मी र व्यवस्थापन पक्ष लगायत प्रति आभार प्रकट गर्नुभयो । पत्रिकाका महाप्रबन्धक हरि कार्की “लक्की”ले पछिल्लो समय संचार क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको भन्दै मिडिया हाउसलाई निरन्तरता दिनु चुनौतिपुर्ण रहेको बताउनुभयो । राज्यले समानुपातिक विज्ञापन वितरण प्रणाली लागु गर्नुपर्ने भन्दै महाप्रबन्धक कार्कीले संचार माध्यम जोगाउने दायित्व सरकारको पनि रहेको बताउनुभयो । कोरोनाको कहर र लकडाउनका कारण बार्षिकोत्सव भव्य रुपमा मनाउन नसकिए पनि बार्षिकोत्सवको दिनलाई सम्झिएको उहांँले बताउनुभयो । बार्षिकोत्सवलाई लकडाउन खुले लगत्तै भव्य र सभ्य रुपमा मनाईने कार्कीले बताउनुभयो । उहांँका अनुसार स्थगित र नियमित कार्यतालिकाको अनुसारका कार्यक्रमलाई सो समयमा निरन्तरता दिइने छ । पत्रिकाका सम्पादक एवं कार्यक्रमका अध्यक्ष इन्दिरा पन्तले पत्रिका खोल्नुभन्दा निरन्तरता दिन झनै कठिन रहेको बताउनुभयो । पछिल्लो समय भ्रामक र अतिरञ्जित समाचारका कारण आम दर्शक पाठक श्रोता प्रति मिडियाको विश्वास गुम्दै गएको प्रति सम्पादक पन्तले चिन्ता व्यक्त गर्नुभयो । आगामी दिनमा पत्रिकाले सत्यतथ्य, यथार्थ तथा वस्तुपरक समाचार सम्प्रेषण गर्न उत्तिकै सजग रहने भन्दै अनलाइन संस्करणलाई पनि सोही अनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । लक्की मिडिया हाउस चितवनले हाल चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक रंगीन पत्रिका प्रकाशन गर्दै आएको छ । साथै पत्रिकाको अनलाईन संस्करणको मंगलबारदेखि शुभारम्भ गरेको हो । बार्षिकोत्सव कार्यक्रम पत्रिकाका स्तम्भ संयोजक प्रमुख जय पाठकले सञ्चालन गर्नुभएको थियो । लक्की मिडिया हाउसले विभिन्न कार्यक्रम, इभेन्ट, विज्ञापन एजेन्सीको भूमिका निर्वाह गर्नुका साथै राष्ट्रिय तथा स्थानीय श्रष्टा तथा समाजसेवी, उद्यमी व्यवसायी ,पत्रकारहरुलाई विभिन्न अवसरमा सम्मानित गर्दै आएको छ । यस अघि लक्की मिडिया हाउस र चितवन खबरको भित्तेपात्रोको लोकार्पण भइसकेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker