डेक – नेपाल, सौराहा द्धारा इच्छाकामना गाँउपालिकामा राहात वितरण

चितवनको इच्छाकामना गाँउपालिका अन्तर्गत विकट पहाडी बस्तीमा बसोवास गर्ने सीमान्तकृत चेपाङ समुदायलाई राहत वितरण गरिएको छ । कोविड १९ को माहामारीका कारण महीनौ बन्दाबन्दी भएपछि छाक टार्न मुश्किल भएका श्रमीक चेपाङ लगाएत अन्य असक्त एवं अपाङ्गता भएका,एकल महिला, वृद्धवृद्धा र न्यून आयभएका श्रमिकहरुलाइ राहात बितरण गरिएको हो ।


इच्छाकामना गाँउपालिका र नेपाल चेपाङ संघ प्रदेस कमिटिको समन्वयमा र सहकार्यमा अन्डेफको सहयोगमा डेक नेपाल सौराहाले इच्छाकामना गाँउपालिका वडा नं १,२,३,५,६र७ का ४०० घर परिवारलाई समेटने गरी राहत वितरणको लागी ३ लाख बराबरको २१० बोरा चामल हस्तान्तरण गरिएको डेक नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले जानकारी दिए ।
इच्छाकामना गाँउपालिका वडा नं १,२,३,५,६र ७ वडाका स्थानिय श्रोत व्यक्ति र अगुवा चेपाङ महिला पैरवी मञ्चका पदाधिकारीहरुको सकृयतामा लकडाउनका कारण विहान बेलुका छाक टार्न समस्या भएका असक्त एवं अपाङ्गता भएका,एकल महिला, वृद्धवृद्धा र न्यून आयभएका श्रमिकहरुको पहिचान गरी नामावली तयार पारेर ४०० परिवारलाई राहात बितरणका लागी डेक नेपाल सौराहाले चामल हस्तान्तरण गरेको कार्यक्रम निर्देशक कार्कीले जानकारी दिए । यस अघि डेक नेपाल सौराहाले कालीका नगरपालिकामा ३२० जनालाई राहात बितरण गरेको थियो । कालिका नगरपालिका र इच्छाकामना गाँउपालिकामा कुल ६ लाख बराबरको राहात बितरण गरिएको ।
अन्डेफको आर्थिक सहयोग, डेक – नेपाल सौराहा आयोजना र नेपाल चेपाङ सघको समन्वयमा २१० बोरा चामल गाउँपालिकाका प्रमुख श्री गीता कुमारी गुरुङ्गलाई हस्तान्तरण गरीएको डेक नेपालकी उपाध्यक्ष धनमाया चेपाङले बताउनु भयो ।
नेपाल चेपाङ संघ वागमती प्रदेशका सचिव समेत रहनुभएका लक्ष्मण चेपाङले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्दा चेपाङ मात्र नभई छाक टार्न मुश्किल भएका अन्य समुदायका परिवार सामु पनि पुग्ने भएकाले गाउँपालिकामा हस्तान्तरण गरिएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले सहयोगी संस्थाहरु अन्डेफ लगाएत डेक – नेपाल सौराहा, नेपाल चेपाङ संघलाई धन्यवाद दिनुका साथै , उहाँले चेपाङ समुदायको बाहुल्यता रहेको चितवनको एक मात्र गाउँपालिकाले विपद्को वेला आफ्नो विभिन्न सघ संस्थाहरु संग समन्वय गर्नुको साथै आफ्नो दायित्व समेत वहन गरीरहेका बताउनुभयो । सोहीक्रममा उहाँले गाउँपालिकाको तर्फवाट हरेक वडाका वडा अध्यक्षलाई प्रति वडा १०० बोरा चामल राहत हस्तान्तरण गरेको बताउनु भयो । उहाँले अन्य सहयोगी संघ संस्था तथा व्यक्तिहरुलाई एकद्वार प्रणाली मार्फत गाउँपालिकामा राहात हस्तान्तरण गरी सहयोग गर्नुहुन अनुरोध गर्नुभयो ।
डेक–नेपाल सौराहाका उपाध्यक्ष धनमाया चेपाङ, नेपाल चेपाङ संघ वागमती प्रदेशका सचिव लक्ष्मण चेपाङ, नेपाल चेपाङ संघ इच्छाकामनाका कार्यकारिणी अध्यक्ष विकास चेपाङ र स्थानिय श्रोत व्यक्तिहरुले अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृति कुमार श्रेष्ठलाई उक्त राहत हस्तान्तरण गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker