
नेपाली काग्रेसक्क माहामन्त्री प्राध्यापक डाक्टर शशांक कोइरालाले दुई तिहाइ सरकारले आफ्नो दायित्व सबै भुलेको आरोप लगाउनु भयो ।प्रजातान्त्रिक बिचार समाज चितवनको २२औ साधारण सभालाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभयो ।देश बिशम परिस्थिति बाट गुज्रिएको बताउदै माहामारी बाट बच्नु पहिलो प्राथमिकता भएको बताउनुभयो ।बिदेश बाट आउने नेपाली हरुलाई ब्यवस्थित क्वारेन्टाइन नभएको भन्दै आइसोलेसन वाड सुरक्षीत बनाउने सवालमा सबैले आवाज उठाउनु पर्ने बताउनुभयो । एम सि सि ,नागरिकता जस्ता संबेदनसिल बिषयमा पार्टी भित्र बृहत छलफल भएर मात्रै आधिकारिक धारणा बाहिर आउनुपर्ने बताउनु भयो ।फागुनमा हुने भनिएको अधिबेशन सोही समयमै गर्ने प्रयास गर्ने र केहि माहमारीका कारण पछाडी सर्ने बाध्यात्मक परिस्थितिमा पनि बढीमा छ महिना भन्दा सार्नु नहुनेमा जोड दिनुभयो ।यसैगरि बिचार समाजका केन्द्रिय अध्यक्ष डाक्टर केदार नरसिह केसिले कोरोनाका कारण सबैतर्फ बन्दाबन्दी हुदा पनि बिचार समाजले यो बीचमा पनि समय समयमा जुम बैठक गरिएको र जहाँ जस्तोसुकै अबस्थामा पनि सक्रियता देखाएको प्रति खुशी व्यक्त गर्नु भयो ।सरकारको एकतन्त्रीय सोच भएको अवस्थामा सबै बिचार समेटेर पद ,आकांक्षा ,लोभ ,भन्दा माथी उठे र बिधिको सासन ,; मानव अधिकार ,प्रेस स्वतन्त्रता ,लोकतान्त्र कानुनी राज्यको प्रत्याभूति नै मुख्य लक्ष्य भएकोले तेसैको प्राप्तिका लागी सबैलाई एकजुट हुन आग्रह गर्नुभयो । त्यसैगरी अर्का अतिथि पुर्ब स्वास्थ मन्त्री तथा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले पछील्लो समयमा सरकारले धेरै कमि कमजोरी गरेकोले त्यस्ता गलत गतिविधिलाई प्रश्न गर्ने र खबरदारी गर्ने काम प्रतिपक्षको भएको बताउनुभयो । दुई तिहाईको सरकारले काम गर्ने बैधानिकता मात्रै पाएको बताउदै बैध भए नभएको हेर्ने जिम्मेवारी नेपाली काङ्ग्रेसको भएकोमा जोड दिनुभयो । नेपाली काङ्ग्रेसले पाएको ५ बर्षको प्रतिपक्षको भुमिकामा खरो उत्रनु पर्ने र प्रजातान्त्रिक बिचार समाज पार्टीकै सुभेचछुक संस्था भएकोले पनि घच्घच्याइरहनु पर्ने बताउनुभयो कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय माहासचिव प्रकाश रसाइली , समाजमा जिल्ला अध्यक्ष देबि प्रसाद कडेल ,नेपाली काङ्ग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ लगाएतले बोल्नुभएको थियो । माहमारीका कारण प्राबिधीको प्रयोग गरि जुम भिडियो बाट कार्यक्रम गरिएको प्रजातान्त्रिक बिचार समाज चितवनका सचिब सुरेशचन्द्र आचार्यले बताउनुभयो ।