लायन्स क्लव अफ भरतपुरको नयाँ कार्यसमितिद्धारा पदभार ग्रहण

चितवन, १८ असार ।

लायन्स क्लव अफ भरतपुरको बर्ष २०२०/२०२१ का लागि नयाँ कार्यसमितिले आज पदभार ग्रहण गरेको छ ।

क्लवको अध्यक्षमा मुक्तीराम अधिकारी, प्रथम उपाध्यक्षमा हरी अधिकारी, द्धितिय उपाध्यक्षमा तीर्थ नेपाल, तृतिय उपाध्यक्षमा भिष्म अधिकारी, सचिवमा हरीप्रसाद गैरे र कोषाध्यक्षमा सन्तोष मजाकोटी रहनुभएको छ । सहसचिवमा सरोज देवकोटा, सहकोषाध्यक्षमा रेगन पन्त हुनुहुन्छ । समितिका अन्य सदस्यहरुमा शालिग्राम नेपाल, कमल पौडेल, अनुप भुजेल, प्रकाशराज पौडेल, प्रकाश तिवारी, कृष्णप्रसाद कँडेल, बिष्णुप्रसाद कँडेल, निरज पन्त, शंकर अधिकारी र मनोज खड्का रहनुभएको छ ।

बर्ष २०१९/०२० का अध्यक्ष अनुजराज पन्तले एक औपचारीक समारोहका बिच नयाँ अध्यक्ष अधिकारीलाई पद हस्तातरण गर्नुभयो ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष दीपककुमार राना, पूर्व अध्यक्षहरु मिलनबाबु श्रेष्ठ, हरिप्रसाद घिमिरे, रामराज पौडेल, केशव देवकोटा, राजेन्द्रमणी काफ्ले, माधव पोखरेल, श्रीप्रकाश कडेल, दिनेशचन्द्र न्यौपाने, बसन्तराज पौडेलले शुभकामना मन्तब्य राख्नुभयो । बक्ताहरुले लायन्सका सदस्यहरु समाजसेवामा निस्वार्थ ढंगले लागिपरेको बताए । उनीहरुले सामाजीक कार्यमा भरतपुर लायन्स सदैव क्रियाशिल हुने बिश्वास ब्यक्त गरे । लायन्स क्लव अफ भरतपुर सन् १९९८ मा स्थापना भएको क्लव हो । यसै क्लवका पूर्व अध्यक्ष घनश्याम भट्टराई डिस्टिक्ट गभर्नर समेत भईसक्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker