
रोटरी बर्ष २०२० २०२१का लागि रोटरियन डा रेवन्त कुमार भट्टराई अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।
यसै गरी भुपेन्द्र बस्नेत सचिबमा सर्वसम्मत चयन हुनु भएको छ । रोटरीको बर्ष जुलाई देखी जुन सम्म रहन्छ । नयाँ गठित समितिले बिहिवार देखी जिम्मेवारी लिएको छ । समितिलाई निवर्तमान अध्यक्ष रोटरियन सुरेश बहादुर सेनले पद हस्तान्तरण गर्नु भएको थियो ।
क्लब्का अन्य पदाधिकारीहरु आगामी अध्यक्ष राजेन्द्र कुमार पिया प्रस्तावित अध्यक्ष भोला जोशी, सहसचिब बिमल कुमार क्षेत्री, कोषाध्यक्ष ॠषि तिमील्सेना, क्लब्का निर्देशकहरुमा प्रशासनिक निर्देशक डा कृष्ण सागर शर्मा, सदस्यता निर्देशक राम बस्नेत, रोटरी कोष निर्देशक त्रिलोचन कंडेल, सेवा कार्यक्रम निर्देशक नबिन भण्डारी हुनुहुन्छ ।
बिहिवार सम्पन्न भएको नियमित बैठक तथा पद हस्तान्तरण कार्यक्रममा चितवनका अन्य रोटरी क्लबका अध्यक्ष, पाहुना तथा प्रस्तावित सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकलाई क्लबका निवर्तमान अध्यक्ष रोटरियन सुरेश बहादुर शेन, संस्थापक अध्यक्ष रोटरियन डा तिलचन्द्र भट्टराईले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नवनिर्वाचित अध्यक्ष रोटरियन डा रेवन्त भट्टराईले सामाजिक सेवाका क्षेत्रमा क्लबलाई अझ माथि उठाउने प्रण गर्नु भयो ।