
रत्ननगर ।
रत्ननगर जेसीजले भोली सोमवार देखि सप्ताह व्यापी कार्यक्रम सुरु गर्ने भएको छ । जेसीजले एक हप्ता सम्म सामाजिक काम गरेर सप्ताह मनाउन लागेको हो । रत्ननगर जेसीजले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी सप्ताह व्यापी कार्यक्रमको वारेमा जानकारी दिएको छ ।
सप्ताह व्यापी कार्यक्रमको पहिलो दिन रत्ननगर जेसीजले शिक्षा क्षेत्रमा योगदान दिएका रामचन्द्र अधिकारी र रामबाबु घिमिरेलाई सम्मान गर्ने,असार २२ गते सानो घरमा रहेका असहाय वालवालिकाका लागि खाद्यान्न वितरण गर्ने कार्यक्रम तय गरिएको सप्ताहका मुल संयोजक बाबुराम परियारले जानकारी दिए ।
त्यसैगरी असार २३ गते बृद्धबृद्धासंग जेसीज भन्ने नाराका साथ रत्ननगर १० स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बृद्धबृद्धाहरुलाई फलफुल वितरण,असार २४ गते रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम,असार २५ गते सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिव समुदायका १२० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग,२६ गते कोरोनाका कारण शिक्षा क्षेत्रमा परेको असर र अबको बाटोका विषयमा अनलाईन अन्तक्र्रिया कार्यक्रम र असार २७ गते जिल्ला भित्रका जेसीज शाखाहरु बीच हाजिरिजवाफ प्रतियोगितासंगै सप्ताहको समापन गरिने महासचिव अमित गुप्ताले जानकारी दिए ।

सप्ताहको मेयर नारायण वनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
रत्ननगर जेसीजका अध्यक्ष प्रदिप अधिकारीले सामाजिक उतरदायित्व बहन गर्दै रत्ननगर जेसीजले हरेक बर्ष सप्ताह व्यापी कार्यक्रममा समाज केन्द्रित कार्यक्रम आयोजना गर्दै आएको बताए ।