बस्ती जोगाउन खगेरी खोलामा ड्याक

 रत्ननगर ।

मानब बस्ती जोगाउन रत्ननगरको खगेरी खोलामा ड्याक निर्माण गरिएको छ ।

बाढीका कारण जोखिममा रहेको बालुवाटार सुकुमवासी बस्ती,सिसै ढिकुवा र बेलटाँडीमा रहेको मानव बस्ती जोगाउन खगरी खोलाको दुबै तर्फ तारजाली सहितको ड्याक निर्माण गरिएको हो ।

रत्ननगर नगरपालिका वडा नं ९ भएर बग्ले खगेरी खोलामा हरेक बर्ष आउने बाढीका कारण उल्लेखित चार वटा मानव बस्ती डुवानमा पर्दै आएका थिए । खोला नजिक रहेका बस्तीमा बसोवास गर्ने वडाबासी र उर्भरभूमि कटान हुनबाट जोगाउन कयर खोलामा ड्याक निर्माण गरिएको वडाध्यक्ष रोशन आचार्यले जानकारी दिए ।

वालुवाटार बस्ती जोगाउन खोलाको पश्चिम तर्फ वडा कार्यालयको १३ लाख र टिकौली मध्यवर्ती सामुदायिक वनको डेढलाख रुपैयाको लगानीमा ५०० मिटर ड्याक निर्माण गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

बालुवाटार सुकुमवासी बस्तीमा अधिकाँस घरहरु झुप्रा रहेका छन । कमजोर आर्थिक अबस्था भएका समुदायहरुको बसोबास रहेकाले खगेरी खोलामा आउने बाढीको भेलले हरेक बर्ष यहाँका स्थानीयबासीलाई दुख दिने गरेको छ । विहान बेलुकाको गर्जो टार्न ज्याला मजदुरी गर्नुपर्ने अबस्थामा समुदायको बसोबास गर्ने सो बस्ती जोगाउनकै लागि खगरीमा ड्याक निर्माण गरिएको आचार्यले बताए । खोलामा बाढीको भेल आउदा पनि ड्याक भत्काउन नसक्ने गरी निर्माण गरिएको छ ।

ड्याक माथीबाट सवारी साधन आवत जावत गर्न मिल्ने गरी पाँच मिटर उचाई र पाँच मिटर चौडाईमा ड्याक निर्माण गरिएको हो । सिसै,ढिकुवा र बेलटाँडी बस्ती जोगाउन खोलाको पूर्व तर्फ २८० मिटर तारजाली सहितको बजदुत ड्याक निर्माण गरिएको छ । स्विस परियोजना,केन्द्र सरकार र रत्ननगर नगरपालिकाको ४८ लाख ६८ हजारको लगानीमा ड्याक निर्माण गरिएको हो ।

पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेको विशेष पहलमा खगरीको पूर्व तर्फ तारजाली सहितको ड्याक निर्माण गरिएको हो । सोही वडामा पर्यटनको विकासको लागि प्रदेश सरकार र रत्ननगर नगरपालिकाको सयुक्त लगानीमा इको पार्क निर्माणाधिन अबस्थामा रहेको छ । खगरी खोलामा ड्याक निर्माण भएपछि मानव बस्तीसंगै इको पार्कको समेत संरक्षण हुने वडा सचिव सुरेन्द्र चौधरीले जानकारी दिए ।

खगरी खोलामा आउने बाढीको भेल पसेर अन्नबासी समेत सखाप पर्ने,सुकुमवासी बस्तीका झुप्रा घरहरु भत्काउने गरेको थियो । बाढीले अन्नवाली पशुचौपाया समेत बगाउने समस्याका कारण यहाँका स्थानीयबासीहरुको जीवन कष्टकर बन्दै आएको थियो । बर्खा सुरु भएपछि बाढीको त्रासले निदाउन नसक्ने यहाँका स्थानीयबासीहरु खगरी खोलामा ड्याक निर्माण भएपछि खुसी भएका छन । बाढीको डरले हामी कति रात अनिदै बस्यौं स्थानीय टिकाराम आचार्यले भने खोलामा ड्याक निर्माण भयो अब भने डुक्क भएका छौं ।

रत्ननगर नगरपालिकाकी कार्यपालिका सदस्य तथा वडा सदस्य सरस्वती लामाले खगेरी खेलामा ड्याक निर्माण भएपछि यस क्षेत्रको मानब बस्ती बाढीको जोखिमबाट सुरक्षित हुने बताइन ।

ड्याकले संकटमा रहेका बस्ती जोगाउने छ उनले भनिन् यो नगरी नहुने काम थियो,स्थानीय सरकारको अगुवाइमा भएको छ । वडा सदस्य लामाले खगेरी खोलाको किनारमा रहेका अन्य बस्ती संरक्षणको लागि आगामी आर्थिक बर्षमा ड्याक निर्माण गर्ने योजना रहेको बताइन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker