रत्ननगरकी कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज

रत्ननगर ।

रत्ननगरकी कोरोना संक्रमित महिला अस्पतालबाट टिस्चार्ज भएकी छन । रत्ननगर ४ की २७ बर्षीय ति महिला १२ दिनको उपचार पछि कोरोना मुक्त भएकी हुन ।

असार ११ गते कोरोना संक्रमण पुष्टि भएकी २७ बर्षीया ति महिला असार १२ गते गुन्जमान सिंह अस्पतालमा भर्ना भएकी थिइन । पहिलो रिपार्ट पोजेटिभ आएको १२ औं दिनमा गरिएको दोश्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको अस्पतालका डा अंकित श्रीबास्तबले बताए । अस्पताल भर्ना हुँदा घाँटीमा सामान्य समास्या रहेकी उनलाई सिटामोल र सामान्य एन्टिबोयोटिकले निको भएको उनले बताए । औषधिले भन्दा पनि निरन्तरको काउन्सिलिङले उहाँलाई निको भएको हो उनले भने हामीले उहाँलाई दैनिक तीन पटक सम्म काउन्सिलिङ गरेका थियौं ।

अस्पतालमा आयोजित एक कार्यक्रमका बीच रत्ननगरका मेयर नारायण वनले कोरोना परीक्षणको रिपार्ट र अस्पतालको डिस्चार्ज पेपर दिएर उनलाई अस्पतालबाट विदाई गरेका थिए । सो अबसरमा मेयर वनले कोरोना संक्रमितको उपचारमा सफल भएको भन्दै गुज्नमान सिंह अस्पताललाई धन्यावाद दिए । उनले भरतपुर अस्पतालमा हुन सक्ने विरामीको चाँपलाई मध्यनजर गरी गुन्जमानसिंह अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु गरेको बताए ।

विदाई कार्यक्रममा अस्पतालका प्रशासक मोहन खड्का,रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधब प्रसाद पौडेल,स्वास्थ्य शाखाका उपप्रमुख नरहरि श्याम शर्मा,नगर प्रबक्ता राजेन्द्र हमाल,वडा नं ४ का वडाध्यक्ष रविन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो । कोरोना संक्रमित निको भएसंगै रत्ननगर नगरपालिका कोरोना संक्रमण मुक्त नगरपालिका भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker