क्यामेरापर्सन मदन अच्छामी सम्मानित

पूर्वी चितवनका क्यामेरापर्सन मदन अच्छामी सम्मानित भएका छन् । ह्याप्पी मिडिया नेटवर्कले आज चितवनको पर्यटकिय स्थल गोलाघाटमा आयोजना गरेको बार्षिक रमाइलो उत्सव अन्तर्गत उनलाई नगद सहित सम्मान पत्र द्वारा सम्मान गरिएको हो ।

पूर्वीचितवनमा रहेको ह्याप्पी मिडिया नेटवर्कले भिडियोग्राफी, फोटोशुट , अडियो निर्माण, रेडियो तथा टेलिभिजनका लागि बिज्ञापन निर्माण, प्रोफाइल निर्माण साथै फोटो तथा भिडियोको सम्पुर्ण कामहरुमा आफ्नो गतिविधि अगाडि बढाउदै आईरहेको छ ।

कलाकार तथा व्यबसायी गोपाल गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान चितवनका अध्यक्ष टिकाराम लामिछाने, सौराहा अनलाईन तथा नेपाल टेलिभिजन चितवनका राजेन्द्र आचार्य विशेष अतिथी हुनुहुन्थियो । क्यामेरापर्सन कृष्ण बस्नेतले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा पूर्वी चितवनमा छायांकनको क्षेत्रमा विशिस्टः पहिचान बनाउन सफल इमान बस्नेत, सरोज सुनार, यमन मगर, अर्जुन गुरुङ लगाएतको उपस्थिति थियो । चलचित्र तथा म्युजिक भिडियो कोरियोग्राफर तथा निर्देशक सुरेन्द्र भण्डारीले संचालन गर्नु भएको कार्यक्रम ह्याप्पी मिडिया नेटवर्कका अध्यक्ष रामु आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सोहि कार्यक्रमको अवसरमा चेतनामुलक छोटो चलचित्र जमाना शुटिङ्ग गरिएको छ । छोटो चलचित्रमा गोपाल गुरुङ, अमृता क्षेत्री, टिकाराम लामिछाने लगाएतको अभिनय रहेको निर्देशक सुरेन्द्र भण्डारीले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker