
काठमाण्डौ, वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित स्याण्डस चाईना लिमिटेड अन्तर्गतको स्यान्डस कोटाई सेन्टरमा टिम लिडरको रुपमा विगत लामो समय देखि कार्यरत मोहन मगरको नेपालमा उपचारको क्रममा मृत्यु भएको छ ।
काम गरिरहेकै अवस्थामा एक्कासी कमजोर हुँदै गएपछि नेपाल फर्किएर उपचार गराइरहेका मगरको काठमाण्डौ टोखामा अवस्थित ग्राण्डी अस्पतालमा चेक जाँचको क्रममा किड्नीमा हुने क्यान्सर (forth stage of Renal Cell Carcinoma) पत्ता लागेको र तत्कालै उनलाई इन्डिया लगायत नेपालका विभिन्न अस्तपालमा उपचार गरेपनि अन्तत नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा यही असार २३ गते मंगलबार निधन भएको थियो ।
सानो छोरा र परिवारका साथ तारकेश्वर न पा १० हिलेटोलमा बस्दै आएका मोहन सबै सँग मिल्ने मिजासिला स्वभावका थिए । लामो समय मकाउमा रहेर काम गरेका मृतक मोहनलाई मकाउ बाट विभिन्न समयमा फर्किएका र विदामा आएर कोभिड१९ का कारण उता फर्किन नपाएका करिब २२/ २३ जना मकाउमा सँगै काम गरेका समकक्षीहरु आज उनको घरैमा पुगेर हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सन्तप्त परिवारका लागि केहि आर्थिक सहयोग पनि संकलन गरेका छन् ।