
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले रत्ननगर नगरपालिकाका १६ वटै वडाहरुको महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई भेला गरेर स्तनपायी महिलाहरुलाई दुग्दवर्धक औसधि वितरणका साथै सचेतना कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला आयुर्वेद केन्द्रमा आज भएको कार्यक्रममा कोभिड १९ को माहामारिले बिश्व आक्रान्त बनिरहेको बिषम अवस्थामा गर्भवती र सुत्केरी महिलालाई कसरी सुरक्षीत राख्न सकिन्छ भनेर प्रशिक्षण गरिएको थियो। केन्द्रले हरेक बर्ष सुत्केरी र गर्भवती महिलाहरुलाई निशुल्क रुपमा प्रदान गर्दै आईरहेको सतावरी चुर्ण,दशमुल चुर्ण र दशमुल तेलको प्रयोग बिधि र यसका फाईदाका बारेमा केन्द्रकी प्रमुख डाक्टर कोपिला अधिकारीले उपस्थित स्वयंसेविकाहरुलाई जानकारी दिनुभएको थियो। उक्त औसधिको प्रयोगवाट आमा र बच्चामा पुर्ण रुपमा पोषण तत्व प्राप्त हुने र कुपोषण नहुनुका साथै थुनेलो हुने समस्याबाट समेत मुक्त हुने डाक्टर अधिकारीले बताउनुभएको थियो।
सोही कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक तथा केन्द्रका कविराज निरीक्षक डाक्टर देवेन्द्र कुमार यादवले स्तनपायी कार्यक्रम मार्फत आमा र शिशुको जिवनरक्षाका लागि स्वाथ्य स्वयंसेविकाहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको थियो। आयुर्वेदिक पद्धति मार्फत सेवा प्रदान गर्दै आईरहेको केन्द्रले आगामी आर्थिक बर्ष देखि रत्ननगर नगरपालिका भित्रका सम्पुर्ण वडाहरुमा खोप केन्द्र बिस्तार गर्ने लक्ष्य राखेको छ।