स्वतन्त्र राष्ट्रिय अभियानले राजनीतिक विकृती र वैदेशिक हस्तक्षेप विरुद्ध लुतो सेलाए

चितवन । स्वतन्त्र राष्ट्रिय अभियान चितवन जिल्ला समितिले साउन संक्रान्तिको अवसर पारेर लुतो फाल्ने कार्यक्रम सम्पन्न गरेको छ । नेपाली संस्कृति र हिन्दुहरुको पौराणिक मान्यता अनुसार लुतो फाले पनि यसलाई अभियानले प्रतिकात्मक रुपमा राजनीतिक विकृति र विसंगती विरुद्ध प्रहार गरेको जनाएको छ ।

अभियान्ताहरुले संस्कृति लुतो फाल्ने कार्यक्रम राजनैतिक विकृतीको ,अमेरिकी र वैदेशिक हस्तक्षेपको विरुद्ध मनाएको जानकारी दिएको छ । उनीहरुले भारतीय मिडियाको प्रतिकात्मक रुपमा आगोको औल्टो बनाएर चारै दिशामा फाली कार्यक्रम सम्पन्न गरेका थिए ।

कार्यक्रममा बोल्दै अभियानका चितवन जिल्ला सचिव श्री हरि प्रसाद न्यौपाने यसको बिषय , प्रसंग, र उद्देश्य माथि प्रकाश पार्नुभयो ।

महानगरको संयोजक श्री शिबराम पौडेलले स्वागत मन्तव्य राख्दै लुतो फाल्ने कार्यक्रम माथी जनतामा उत्साह पैदा गरेको बताउनुभयो । उहांँले राजनीति फोहरी खेलबाट मुक्त हुन स्वतन्त्र राष्ट्रिय अभियानमा जनताले साथ दिने कुरामा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति चितवन जिल्लाका संयोजक श्री दिपेन्द्र बास्तोलाले अभियानले बिगतदेखि गरेको कामको बारे प्रकाश पार्दै राइट टु रिजेक्ट , राइट टु रिकल , एक दलिय ब्यबस्था, उन्नत लोकतान्त्र र प्रत्यक्ष प्रजातान्त्र नै आजको आवश्यकता रहेको बताउनु भयो । ‘अब देशको निकास अहिलेका राजनिती दलबाट हुन सकेन भने हामी जनताको घर आगनमा अभियन लिएर आउने छौ’ बास्तोलाले भन्नुभयो ।

लुतो संस्कृतिलाई देशको विकृति र विसङतिको विरुद्ध प्रतिकात्मक रुपमा चार दिशामा अजुल्टो फ्यांँकिएकोे उहांँको भनाई छ । देशमा व्याप्त अनियमितको लुतो नेपाली जनताले मान्ने छैन्न भन्दै उनीहरुले थाल नाङो ठटाउदै विकृती विरुद्ध प्रर्दशन गरेका हुन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker