विपी स्मृति दिवसमा रत्ननगरमा दिप प्रज्वलन

चितवन ०६ साउन ।

३८ औं विपी स्मृति दिवसको अबसरमा पूर्वी चितवनको रत्ननगरमा दीप प्रज्वलन गरिएको छ ।

नेपाली काँग्रेस रत्ननगर नगर समितिले रत्ननगर १ सौराहाचोकमा दिप प्रज्वलन गरी विपी कोइरालाको योगदानको स्मरण गरेको हो ।

नेपाली काँग्रेसका नेता तथा पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी प्रमुख अतिथि रहेको सो कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका थिए ।

सो अबसरमा नगर सभापति रुपनराज घिमिरेले नेपालमा जननिर्बाचित पहिलो प्रधानमन्त्री विपी कोइरालाको योगदानका कारण नेपालमा प्रजातन्त्र स्थापित भएको बताए । कोइरालको सिद्धान्तकै जगमा नेपाली काँग्रेसले लामो समय सम्म मुलुकको नेतृत्व गरेको भन्दै नगर सभापति घिमिरेले कोइरालाको योगदान र सिद्धान्तलाई काँग्रेसले सधै सिरोपर गर्ने बताए ।

कार्यक्रममा जिल्ला प्रबक्ता निता ढकाल,जिल्ला सदस्य तथा तरुण विभाग प्रमुख प्रलाद सापकोटा,नेता उत्तम आचार्य,माधव अर्याल,नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु,नगर समितिका पदाधिकारी,महासमिति सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker