
कोभिड १९ को त्रासले आक्रान्तित अवस्था भोग्न बाध्य भएका ब्यक्तिहरुमा सिर्जित मानसिक रोगको उपचार तथा निदानको लागि चितवनको खैरहनी नगरपालिका कठार स्थित रहेको ब्युटिफुल माइन्ड इन्स्टिीच्युट अफ साइक्रेट्रीले मनोरोगीहरुलाई भारी छुटको साथ उपचार सेवा दिने भएको छ ।
लकडाउनको लामो बन्दाबन्दीले रोजगार गुमाएर परिवार पाल्न धौधौ परी आर्थिक अवस्था कम्जोर भएको कारण तथा अन्य कारणले धेरै व्यक्तिहरुमा मानसिक असर पुगेका नयाँ मनोरोगीहरुको उपचारका लागि ब्युटिफुल माइन्ड अफ साइक्रेट्रीले असार मसान्त सम्म ७५% सम्म तथा भाइरसकै त्रासले पुनः रोग बल्झिएका पुराना मनोरोगीहरुको लागि ५०% सम्म छुटको व्यवस्था गरिएको कुरा ब्युटिफुल माइन्ड अफ साइक्रेट्रीका प्रबन्ध निर्देशक तथा वरिष्ठ मनोचिकित्सक डा. गिरीराज भन्तनाले बताउनुभयो ।
कोरोना भाईरस कोभिड १९ एक ब्यक्तिबाट अर्को व्यक्तिमा सहजै संक्रमण गर्न सक्ने सरुवा रोग भएको हुँदा खैरहनी नगरपालिका अन्तर्गत रहेका सडकमा हिँडिरहने मानसिक विरामीहरु जो सडक, प्रतिक्षालय, पेटी तथा पसल वरिपरि डुलिरहने हुँदा उनीहरुबाट सामान्य अवस्थामा रहेका व्यक्तिहरुलाईे भाईरस सर्न सक्ने सम्भावना हुँदा नगरपालिकाले जिम्मेवारी बहन गर्ने भएको खण्डमा त्यस्ता विरामीको उपचारमा ७५% र चितवन जिल्लाका महानगरपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रमा वेवारिसे रुपमा हिंडडुल गर्दै रहेका मानसिक रोगीहरुको उपचारको लागि जिम्मेवारी बहन गरी आएको खण्डमा भने ५०% छुटको व्यवस्था गरिएको पनि डां भन्तनाले बताउनुभयो ।