
चितवन ०७ साउन ।
नेपाली काँग्रेस रत्ननगर नगर समितिको समन्वयमा रत्ननगरका एक दम्पतीको उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।
आर्थिक अबस्था कमजोर रहेका रत्ननगर १ निवासी ७७ बर्षीय हरिप्रसाद पुढासैनी र उनकी श्रीमति पूर्णमायाको उपचारका लागि आर्थिक सहयोग गरिएको हो । मोटरसाइकल दुर्घटनामा परी ६ बर्ष अघि टाउँको शल्यक्रिया गरेका हरिप्रसाद र ब्रेनको नसाले काम गर्न छाडेर अर्थचेत अबस्थाम रहेकी उनकी श्रीमति पूर्णमायाको उपचारको लागि २० हजार रुपैया सहयोग गरिएको हो ।
जनसम्पर्क समिति अस्टेलिया डार्विनका संयोजक सविन बरालको अनुरोधमा सचिव संजिब ढकालले सो रकम सहयोग गरेका हुन । ढकालले आफ्नो जन्मदिनको अबसर पारेर आर्थिक सहयोग गरेका हुन । उनले अष्टेलियाबाट पठाएको सो रकम नेपाली काँग्रेस रत्ननगर नगर समितिले दम्पतीका परिवारलाई हस्तान्तरण गरेको हो ।
नगर सभापति रुपनराज घिमिरे,वडाध्यक्ष शंकर सिंह तामाङ,पार्टीकी नगर सचिव सितादेवी शर्मा, लगायतका नगर स्तरीय नेताहरुले दम्पतीका छोरा सुमन पुढासैनीलाई हस्तान्तरण गरेका थिए । सो अबसरमा नगर सभापति घिमिरेले पार्टीको सामाजिक अभियात अन्तर्गत आर्थिक अबस्था कमजोर भएका दम्पतीलाई उपचारको लागि सहयोग गरिएको बताए । पुढासैनी दम्पतीलाई एक महिनामा करिब १० हजारको औषधि खरिद गर्नुपर्ने हुन्छ ।

आर्थिक अबस्था कमजोर भएका कारण उनीहरुलाई औषधि खरिद गर्न पनि धौ धौ छ । कार्यक्रम नगर अर्का नगर सचिव देवेन्द्र भूजेलले सञ्चालन गरेका थिए ।