१६ जना कलाकारको स्वर रहेको देश भक्ती गीत “मेरो देश नेपाल” सार्बजनिक

नेपालका ख्यातीप्राप्त १६ जना कलाकारको स्वर रहेको देश भक्ती गीत “मेरो देश नेपाल” भिडियो सहित बुधबार सार्बजनिक गरीएको छ । गीतमा ख्यातीप्राप्त गायक गायीकाहरु राजेशपाएल राई,प्रमोद खरेल,राज सिग्देल,अर्जुन पोखरेल,राजु परियार,मेलिना राई,कृष्ण काफले,अनिता चलाउने,बुद्ध लामा,निसान भट्टराई,किरण भुजेल,अस्मिता अधिकारी,प्रबिन बेडवाल,समिक्षा अधिकारी लगाएतको स्वर रहेको छ ।


निर्देशक बिधान कार्कीको निर्देशनमा तयार भएको बिपतीले हार मान्छ यहाँ “मेरो देश नेपाल” गीतको भिडियोमा रुबिना अधिकारी संगै गायक गायीका सबैले अभिनय गरेकाछन् । गायिका अनिता चलाउनेको प्रस्तुतीमा डिभाईन म्युजिक तथा नेपसिनेको सहकार्यमा गीतको भिडियो तयार पारीएको हो ।
गीतलाई अहिलेका चर्चीत संगिंतकार अर्जुन पोख्ररेलले संगीत भरेकाछन् भने अम्बिका शर्माको शब्द रहेको छ । राष्ट्रिय भावाना समेटीएकोे गीतको भिडियोलाई उत्सब दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेकाहुन ।
गीतले राष्ट्रियताको आवाज बोलेको निर्देशक कार्कीले बताएकाछन् । नेपालीको दैनिकी र यसको सेरफोरो रहेको गीतको भिडियो मार्फत देश र राष्ट्रको माया जगाएको छ । निर्देशक कार्की पछिल्लो समयका ब्यस्त म्युजिक भिडियो निर्देशकका रुपमा रहेका छन । गएको महिनामा मात्र उनले करीब ४ वटा भिडियो निर्देशन गरिसकेकाछन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker