लायन्स क्लब र लियो क्लब अफ चितवन पर्सा द्वारा बृक्षारोपण कार्यक्रम आयोजन

आशिष उप्रेती, चितवन, साउन १२-

लायन्स क्लब अफ चितवन पर्सा र लियो क्लब अफ चितवन पर्साको संयुक्त आयोजनामा खैरहनी २, फुलबारि टोल बिकास समितिको भित्रि बाटोमा आज बृक्षारोपण कार्यक्रम गरिएको छ ।

लियो क्लव अफ चितवन पर्साले विभिन्न ५ वटा ठाउहरुमा असाहयका लागि सहयोगी हातहरु र युथ गर्ल्स क्लव नामका सामाजिक कार्यमा सहयोग गर्ने विभिन्न क्लवहरुसंग सहकार्य गरी लदरी खोला किनार, खैरहनी १३ को हात्ति काउन्टर र पन्चकन्या मावि जिरौनाको प्राङ्गणमा बृक्षारोपण कार्यक्रम यो भन्दा अगाडि नै सम्पन्न गरिसकोको छ ।

विश्वमा रहेका मानिसहरुलाई बचाई रहेको रुख बिरुवालाई संरक्षण गर्नुपर्छ भनेर वृक्षारोपण कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक नितिन बस्नेतले बताए । विभिन्न जातका बिरुवा गरी करिव १ सय ५० भन्दा बढी बिरुवा रोपीएको उहाले बताए । हामी मानव जातिलाई बचाउने पृथ्वीलाई हामीले पनि बचाउनु पर्दछ भन्दै विरुवा उपलब्ध गराउनु हुने लियो आयुस बानियालाई विशेष धन्यवाद समेत दिए ।

वृक्षारोपण कार्यक्रममा लियो जिल्ला परिसद ३२५ बि २ नेपालका प्रेसिडेन्ट एड्भाइजर अन्जन चौधरी र डिष्ट्रिक डाइरेक्टर रुपेश भट्टद्वारा अशोकको बिरुवा रोपी वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको थियो ।

सन्दिप अधिकारीको अध्यक्षतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker