रत्ननगर अस्पतालमा रक्त सञ्चार सेवा शुभारम्भ

रत्ननगर । रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सोमवारबाट आकस्मिक रक्त सञ्चार सेवा सुरु भएको छ । प्रदेश सरकारले स्तर उन्नति गरे लगतै सेवा बिस्तार गरेको सो अस्पतालमा सोमबारदेखि रक्त सञ्चार सेवा सुरु गरिएको हो ।

अस्पताल सञ्चालन समितिका अध्यक्ष तथा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन । रक्तसञ्चार सेवा सुरुवात गर्नका लागि क्षेत्रीय रक्त सञ्चार केन्द्र र अस्पतालबीच सहमति भएको थियो । सकेसम्म पूर्वी चितवनकै रगत संकलन गर्ने र नभए क्षेत्रीय रक्त सञ्चार केन्द्रबाट रगत ल्याएर विरामीलाई दिने योजनाका साथ सेवा सुरु गरिएको अस्पतालका मेसु डा.विश्वबन्धु बगालले जानकारी दिए ।

सेवा शुभारम्भको अवसरमा सो अस्पतालमा डाइलासिस गराइरहेका विरामीहरु बीरबहादुर गुरुङ, सुनिता तामाङ र बद्रीनाथ ढकाललाई एक/एक युनिट रगत निशुल्क प्रदान गरिएको छ । रक्तसञ्चार सेवा हालको लागि अस्पतालमा रहेको प्रयोगशालाबाट सञ्चालन हुने छ । रगत संकलन र व्यवस्थापनको काम प्रयोगशालाकै कर्मचारीले गर्ने व्यवस्था मिलाइएको मेसु बगालेले बताए । एक युनिट रगतको ८५० रुपैया तिर्नुपर्ने हुन्छ ।

स्वास्थ्य विमा गरेका विरामीको हकमा अस्पताले रगत दिने सो वापत अस्पतालले बीमा रकमबाट पैसा असुली गर्ने व्यवस्था गरिएको छ । मेयर नारायण वनले रक्त सञ्चार सेवा सुरुभएसंगै डाइलासिस गर्ने विरामीका लागि चाहिने रगत लिन भरतपुर धाउनु पर्ने बाध्यता हटेको बताए । उनले रत्ननगर अस्पताललाई यस क्षेत्रका भरपर्दो र विश्वसनीय अस्पतालको रुपमा विकास गर्ने बताए । उपमेयर विमला दुवाडीले रक्तसञ्चार सेवालाई आगामी दिनमा रक्त सञ्चार केन्द्रको रुपमा विकास गरिने बताइन ।

https://www.facebook.com/bipsji/videos/3510624918949037/

वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माले अस्पतालको दीर्घकालीन सञ्चालनको लागि सरकारी स्तरको अक्षयकोष सञ्चालन गर्न सुझाब दिए । उनले प्रत्येक वडाबाट ५०÷५० हजार हालेर अक्षयकोषको सुरुवात गर्न आग्रह गरे । रत्ननगर नगरपालिका सामाजिक विकास समितिका संयोजक केशव आचार्यको अध्यक्षतामा भएको सेवा शुभारम्भ कार्यक्रममा नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने, क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेल, अस्पताल सञ्चालक समितिका सदस्य देवेन्द्रकुमार श्रेष्ठ, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, रत्ननगर रेडक्रसका सभापति गोविन्द श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker