रत्ननगरमा सहकारीहरुको संजाल गठन

साउन १३ गते ।

सहकारीहरुलाई एकिकृत गर्न रत्ननगरमा सहकारी सञ्जाल गठन गरिएको छ । उज्ज्वल महिला बचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष ऋतु गिरीको अध्यक्षतामा ११ सदस्यीय संजाल गठन गरिएको हो । सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुको भेलाले गठन गरेको संजालको उपाध्यक्षमा ओमलाल सापकोटा ,सचिवमा राजेन्द्र न्यौपाने ,कोसाध्यक्षमा हरिभक्त घिमिरे चयन भएका छन । संजालको सदस्यहरुमा शिवकान्त पौडेल ,पार्वती न्यौपाने ,सीता रेग्मी ,सानुमाया थापा मगर ,फुलकुमारी लामा,केशव प्रसाद अर्याल र बिमल रेग्मी रहेका छन ।

रत्ननगरमा विभिन्न प्रकृतिका ६७ वटा सहकारी संस्था रहेका छन् । नगरभित्र २३ वटा वचत तथा ऋण सहकारी, १९ वटा कृषि सहकारी, ११ वटा दुग्ध सहकारी, ५ वटा बहुउद्देश्यीय सहकारी, ४ वटा पर्यटन सहकारी, ३ वटा सामाजिक उद्यमी सहकारी, १ सञ्चार सहकारी र १ जडीबुटी सहकारी रहेका छन् ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सहकारीहरु बचत र ऋण प्रवाहमा मात्र केन्द्रित भएकाले उत्पादनशील काम गर्नुपर्ने बताए ।

सञ्चाल गठनले नगरका कार्यक्रममा समावेश गर्न सहज हुने, सहकारीको मर्जमा सघाउन पुर्याउने,रोजगार सृजना हुने खालका व्यवसाय र उत्पादनसंग जोडिने कार्य गर्न मद्यत पुग्ने मेयर वनको विश्वास छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker