मध्यवर्ती ब्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित

चितवन १४ साउन । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज निकुञ्जको मुख्यालय कसरामा भएको निर्वाचन मार्फत उहाँ सर्वसम्मत चयन हुनुभएको हाे । उहाँको कार्यकाल पाँच बर्ष रहनेछ । उहाँ नेकपा चितवनका सचिवालय सदस्य समेत हुनुहुन्छ ।

व्यवस्थापन समिति अन्तर्गत चितवन,नवलपरासी,मकवानपुर र पर्सा जिल्लाका २२ वटा उपभोक्ता समिति छन् । समितिका सबै अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker