विश्व बाघ दिबस : सौराहामा विद्यार्थीलाई सचेतना

चितवन १४ साउन । विश्व बाघ दिबस २९ जुलाई २०२० को अबसरमा विद्यार्थी र संरक्षणकर्मीहरुका लागि सौराहामा वाघ संरक्षणको सचेतना मुलक कार्यक्रम गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले बाघ संरक्षणमा समुदाय स्तरमा भएका प्रयासहरु प्रभावकारी रहेको भन्दै संरक्षणमा प्राप्त सफलता जोगाइराख्नु पर्ने बताइन ।

वनका अध्यक्ष जितु तामाङले वन संरक्षणलाई प्रभावकारी बनाउदै मानब वन्यजन्तु बीचको द्धन्द्ध न्यूनीकरणको लागि सामुदायिक वनले वन र बस्तीको सिमानामा पर्खाल,बीमा,वालीनाली क्षतिको राहत प्रदान गर्दै आएको बताए । सो सामुदायिक वनको वन तथा संरक्षण शिक्षा उपसमितिका संयोजक प्रकास चापागाईले प्रशिक्षण दिएको सो कार्यक्रममा विद्यार्थी,नेचर गाइड तथा संरक्षणकर्मीहरुको सहभागिता रहेको उपाध्यक्ष सिताराम महतोले जानकारी दिए ।

कार्यक्रममा बाघको महत्व,बाघको पहिचान गर्ने तरिका,द्धन्द्ध न्यूनीकरणको लागि भएका प्रयास,बाघले आक्रमण गर्ने अबस्था र बच्ने उपाय,बाघको अबस्था,संरक्षणको लागि गर्नुपर्ने दायित्वको विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रम वनका अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षणकर्मी डोमा पौडेलले बाघ संरक्षणको लागि सरकारी प्रयास प्रयाप्त नरहेको भन्दै संरक्षणमा समुदायको भूमिकालाई सम्मान गर्नुपर्ने बताइन । प्रशिक्षण कार्यक्रम पछि सहभागीहरुलाई सामुदायिक वनको अबलोकन गराइएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker