
आशिष उप्रेती, चितवन, साउन २१-
कपरफोरी माध्यमिक विधालयको परिसरमा लायन्स क्लब अफ रत्ननगर शान्ती चोक र लियो क्लब अफ रत्ननगर शान्ती चोकको संयुक्त आयोजनामा बुधबार वृक्षारोपण गरिएको छ। रत्ननगर नगरपालिका ९ मा रहेकाे साे विद्यालयको खाली जग्गामा बिरुवा लगाइ बिरुवा संरक्षणका लागि जाली समेत हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ बि २ का डिस्ट्रिकका रीजन चेयर पर्शन शिव प्रसाद सुवेदीले वृक्षारोपणले विश्व वातावरणलाई नै बचाउने आफुहरुको राम्रो अभियान भएको बताउदै उनले वृक्षारोपणका साथै समय समयमा रोपेका विरुवाहरुको गोडमेल र त्यसको संरक्षण पनि आवश्यक रहेको बताए ।
विद्यालय क्षेत्रको परिसरमा बहुउपयाेगी हुने अमला, कपुर, बेल, जामुन लगाएतका करिव ५० वटा भन्दा बढि विरुवा रोपिएको लियो क्लब अफ रत्ननगर शान्ती चोकका प्रथम उपाध्यक्ष रोशन तिमल्सिनाले जानकारी दिए।
वृक्षारोपण कार्यक्रममा ३२५ बि २ का रिजन पर्शन किरण लामिछाने, विधालयका प्रधानाध्यापक बिष्णु कट्टेल, रत्ननगर ९ का वडा सदस्य मान बहादुर थापा, लायन्स क्लब अफ रत्ननगर शान्ती चोकका पुर्व अध्यक्ष राजु भट्टराई लगाएतको उपस्थिती रहेको थियो । वृक्षारोपण कार्यक्रम लायन्स क्लब अफ रत्ननगर शान्ती चोकका अध्यक्ष राजु सिबाकोटीको अध्यक्षतामा सम्पन्न भएको हो ।