सेनाको कुटपिटबाट मृत्यु भएको राजकुमार चेपाङको परिवारलाई लायन्स र लियोको खाद्यान्न सहयोग

आशिष उप्रेती, चितवन, साउन २५- 
नेपालमा लायन्स क्लब स्थापना भएको ५० बर्ष अर्थात स्वर्ण जयन्तीको अबसरमा लायन्स क्लब अफ रत्ननगर शान्ती चोक र लियो क्लब अफ रत्ननगर शान्ती चोकको संयुक्त आयोजनामा पुर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय स्वर्गीय राजकुमार चेपाङको परिवारलाई आज एक कार्यक्रमको बिच खाद्यान्न सामग्री बितरण गरिएको छ । स्वर्गिय राजकुमारको धर्मपत्नि रितु चेपाङलाई सो खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थमा खटिएका सेनाले घोँगी टिप्न र माछा मार्न गएका राजकुमार चेपाङको सेनाको कुटपिटपछि उपचारको क्रममा मृत्यु भएको थियो । सो घटनामा दुखमा रहेका पिडित चेपाङ परिवारलाई खानको लागि केही भए पनि राहात होस् भनेर खाद्यान्न सहयोग गरिएको लियो क्लब अफ रत्ननगर शान्ती चोकका प्रथम उपाध्यक्ष रोशन तिमल्सिनाले बताए । उक्त घटनामा सेनाको लापरबाहिले गर्दा एउटा नेपाली चेपाङ समुदायको परिवारको मृत्यु हुदा खान लाउन समस्या परेकोले आफुहरुको क्लब टुलुटुलु हेरेर बस्न नसकेकोले खानको लागि केही भए पनि राहात होस् भन्ने उद्धेश्यले आज खाद्यान्न सहयोग गरेको बताए ।

खाद्यान्न बितरण कार्यक्रममा राप्ती नगरपालिका वडा नम्बर २ का वडा सदस्य ज्ञान प्रसाद पान्डे, नेपाल चेपाङ संघका पुर्ब अध्यक्ष बलराम चेपाङ, लायन्स क्लब अफ रत्ननगरका पुर्ब अध्यक्ष बालकृष्ण भट्टराई, गोकुल पराजुली, पुजन लामिछाने लगाएत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ रत्ननगर शान्ती चोकका अध्यक्ष राजु सिबाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker