
आशिष उप्रेती, चितवन, भदौ १०–
लियो क्लव अफ चितवन पर्सा र युथ गल्स क्लव खैरहनी १३ को संयुक्त आयोजनामा व्यवसायिक रुपमा सयपत्री फुलको खेति सुरु गरिएको छ । `म अनि हामी उधमी´ भन्ने मुख्य उदेश्य सहित केही आम्दानीसंगै तालिम साथै रोजगार पनि हुनुपर्दछ भन्दै युवा स्वरोजगार अनि कृषि क्षेत्रमा पनि अगाडि बढ्नको लागि उक्त क्लवहरुले जमिन ठेक्कामा लिगेर व्यवसायिक रुपमा सयपत्री फुलको खेति सुरु गरेको छ । खैरहनी १३ मा रहेको हर्नरीमा १ कट्ठा १० धुर जमिनमा करिव १ हजार १ सय सयपत्री फुलको बिरुवा रोपेर सुरुवात गरीएको हो ।
आफुहरुको क्लवले फुल खेतीबाट आएको आम्दानीको केहि मुनाफा सामाजिक कार्यमा पनि लगाउने लियो क्लव अफ चितवन पर्साका अध्यक्ष सन्दिप अधिकारीले बताए । कृषि प्रधान देशमा कृषिका लागि हामि युवाहरुले नगरे अरु कसैले पनि नगर्ने हुदा हामि फुल खेती संगै अरु पनि थुप्रै कार्य योजनाहरु तयार गर्दै गरेको उहाले बताए ।
सयपत्री फुलको बिरुवा रोपण कार्यक्रममा लियो जिल्ला परिषद ३२५ बि २ नेपालका जिल्ला अध्यक्ष सल्लाहकार अन्जन चौधरी, लियो जिल्ला परिषद ३२५ बि २ नेपालका जिल्ला निर्देशक रुपेश भट्ट लगायतको उपस्थिति रहेको थियो ।
