निजामती सेवा दिवसकै दिन देवघाटमा वडा सचिव माथि कुटपिट

देवघाट, तनहुँ, भदौ २३-
देवघाट गाउँपालिका वडा नम्बर २ का सचिव गंगाराम मानन्धरमाथी सोमबार राति कुटपिट भएको छ । सचिव मानन्धरलाई ऋषिङ गाउँपालिका–३ का २६ वर्षका धनसिंह मगर र सोही ठाउँका २३ वर्षका असिम थापाले सोमबार राती कुटपिट गरेका हुन् । मादक पदार्थ सेवन गरेर गएका उनीहरुले निवासमै सुतिरहेका वडा सचिव मानन्धरलाई सोमबार राती कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्नहरुलाई प्रहरीले मंगलबार दिउँसो वडा नम्बर २ को ब्यागतबाट पक्राउ गरेको थियोे । पक्राउ पछि मंगलबार दिउँसो उनीहरुलाई देवघाट ल्याईएको र हिरासतमा राख्न साँझ इलाका प्रहरी कार्यालय आवुँखैरेनी पठाईएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायव निरिक्षक उज्वलराज चिलुवालले बताए ।
निजामती सेवा दिवसकै दिन राती १० बजेको समयमा आफ्नो कोठामा सुतीरहेका वडा सचिव मानन्धरलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको घटनाप्रति देवघाट गाउँपालिका कर्मचारीले विरोध गरेका छन् । गाउँपालिकाका कर्मचारीहरुले मंगलबार प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई ज्ञापनपत्र बुझाई वडा सचिवलाई ज्यान मार्ने उद्देश्यले भएको कुटपिटबाट सम्पुर्ण कर्मचारीहरु असुरक्षित महशुस गरेको बताएका छन् ।
कुटपिटमा संलग्नरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै उक्त कुटपिटको विरोधमा कर्मचारीहरुले एक साता वडा नम्बर २ को कार्यालय बन्द गर्ने जनाएका छन् । साथै राष्ट्र सेवक कर्मचारीहरुको सुरक्षामा गम्भिर बन्न अनुरोध समेेेत गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker