“हामी खाना खुवाउछौ” अभियानमा चितवनका विभिन्न क्लवहरु सक्रिय

आशिष उप्रेती, चितवन, भदौ २४-
लायन्स क्लब अफ चितवन पर्सा, लियो क्लब अफ चितवन पर्सा, लियो क्लब अफ भरतपुर युथ र बेवारीसे व्यवस्थापन तथा पुर्नस्थापना केन्द्र चितवनको संयुक्त आयोजनमा आज नारायणगढको नारायणी नदि किनारमा अनाथ, असहाय र अलपत्र परेका ब्यक्तिहरुलाई खाना खुवाएको छ । यसरी खाना खुवाउने कार्यक्रम केही दिन अगाडिबाट नै बेवारीसे ब्यबस्थापन तथा पुर्नस्थापना केन्द्र चितवनले विभिन्न संघ संस्था र क्लवहरुसंग सहकार्य गरी खाना खुवाउने कार्यक्रम गर्दै आईरहेको छ । आज भने लायन्स क्लब अफ चितवन पर्सा, लियो क्लब अफ चितवन पर्सा र लियो क्लब अफ भरतपुर युथसंगको सहकार्यमा “हामी खाना खुवाउछौ” भन्ने कार्यक्रम गरिएको हो ।
आज २ सय भन्दा बढि असहाय ब्यक्तिहरुलाई खाना खुवाईएको लियो क्लव अफ चितवन पर्साका कार्यक्रम संयोजक समिर लामा तमाङले बताउनुभयो । असहाय, अशक्त, सडकमा अलपत्र परेका र कोरोनाका कारणले खाना खान नपाएका ब्यक्तिहरुलाई खाना खुवाईएको उहाले बताउनुभयो ।आगामि दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरु गर्दै असहाय, अशक्त ब्यक्तिहरुका लागि अझै सक्रिय रुपमा सहयोगका लागि आफुहरुको क्लव लाग्ने उहाले बताउनुभयो।
केही दिन देखि सञ्चालन भएको यस खाना खुवाउने कार्यक्रममा बेवारीसे व्यवस्थापन तथा पुर्नस्थापना केन्द्र चितवनले दैनिक २ सय देखि २ सय ५० सम्म असहाय ब्यक्तिहरुलाई खाना खुवाउदै आईरहेको छ । कोरोनाका कारण काम नभएपछि भोकाएका मानिसहरु रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि चितवनका विभिन्न संघ संस्था र क्लवहरुसंग सहकार्य गरेर निशुल्क खाना खुवाउने कार्यक्रम सुरु गरीएको बेवारीसे व्यवस्थापन तथा पुर्नस्थापना केन्द्र चितवन शाखाकी संयोजक सीता कुँवरले बताउनुभयो ।
सबै उमेरसमूहका बालबालिकादेखि वृद्धसम्म यसरी खाना खान हरेक दिन आउँने गरेको र भोकमा खानाको प्यास मेटाएर जाने गरेको उहाले बताउनुभयो। खाना खुवाउनको लागि चितवनका विभिन्न क्लबहरुदेखि व्यक्तिहरुको तर्फबाट ब्यक्तिगत सहयोग तथा अन्य संघसंस्थाले पनि सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । कसैको जन्मदिन, वैवाहिक वर्षगाठको अवसर पारेर पनि खाना खुवाउनका लागि व्यक्तिहरुले सहयोग गरेको उहाँले बताउनुभयो । सुरुवाती दिनहरुमा आर्थिक सहयोग पनि गरेको सो क्लवले पछिल्ला दिनहरुमा खाना पकाउने र खुवाउने कार्यमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको छ । केही दिन अघिदेखि नै आफूहरुले यसरी खाना खुवाइरहँदा कुनै पनि सरकारी निकायको सहयोग भने नपाएको उहाले बताउनुभयो । खाना खुवाउनका लागि मात्रै दैनिक १५ हजार खर्च हुने गरेको उहाले बताउनुभयो ।
                                                                           खाना खुवाउने कार्यक्रममा बेवारीसे व्यवस्थापन तथा पुर्नस्थापना केन्द्र चितवन शाखाका उपसंयोजक प्रकाश थापा, लियो जिल्ला परिषद ३२५ बि २ नेपालका जिल्ला निर्देशक रुपेश भट्ट, महेन्द्र सिग्देल, लियो क्लव अफ चितवन पर्साका उपाध्यक्ष नितिन बस्नेत लगायतका क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो ।                                                       

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker