असाहय बेसाहारालाई लायन्स क्लब अफ चितवन सौराहाले खाना खुवायो

लायन्स क्लब अफ चितवन सौराहाले न्यून आयस्रोत भएकाहरुलाई खाना खुवाएको छ । बुधवार नारायणी नदी किनारमा क्लबले असहाय , बेसहाराहरुलाई खाना खुवाएको हो । पूर्व अध्यक्ष लायन सुजाता विष्ट पाण्डेको जन्मदिनको अवसरमा लायन्स क्लब अफ चितवन सौराहा र लियो क्लब अफ चितवन सौराहाले “हामी खाना खुवाउछौं अभियान” अन्तगर्त नारायणी नदि किनारमा खानाको लागी सहयोग गरेको हो । बेवारिसे व्यवस्थापन तथा पुनर्जीबन केन्द्र चितवनले आयोजना गरेको खाना खुवाउने कार्यक्रममा क्लबले बुधवार विहान र बेलुकाको खाना खुवाएको हो । करिब साढे तीन सय जनालाई खाना खुवाएको हो । क्लबबाट स्वम सेवक खटिएका थिए । पितृ उद्धार कार्य , जन्मोत्सव लगाएतको अवसर पारेर खाना खुवाउन सहयोग गर्नेहरु जुटेका छन । क्लबका अध्यक्ष अञ्जनकुमार पाण्डेले लकडाउनले वास्तविक प्रभावितहरु भएकोले सहयोग गरेको बताए । बेवारिसे व्यवस्थापन तथा पुनर्जीबन केन्द्र चितवनकी अध्यक्ष सिता कुवंरले दाताहरुको समन्वयमा खाना खुवाउने कार्यक्रम प्रभावकारी बनेको बताईन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker