
आशिष उप्रेती, देवघाट, असोज ३-
देवघाट ब्याड्मिन्टन संघको आयोजनामा आज (शनिबार) संविधान दिवसको अवसर पारेर देवघाटमा ब्याड्मिन्टन कोर्टको उद्घाटन गरीएको छ । साथै देवघाट गाउँपालिकामा भर्खरै नया आउनुभएका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटालाई स्वागत पनि गरीएको छ । कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले संविधान दिवसको अवसरमा आज मैन बत्ती बालेर दिप प्रज्वलन गरी ब्याड्मिन्टन कोर्टमा रिबन काटेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष थापाले देवघाट युवा तथा खेलकुद समिति र देवघाट ब्याड्मिन्टन संघले बिश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको समयमा पनि सामाजिक दुरि कायम गर्दै दुईवटा ब्याड्मिन्टन कोर्टको निर्माण कार्य गर्न सफल भएकोमा धन्यवाद दिनुभयो । साथै गाउँपालिकाको समृद्ध बिकासको लागी आफुले कुनै पनि कसर बाकी नराखी निरन्तर लागि परीरहेको उहाले बताउनुभयो। अध्यक्ष थापाले देवघाटका युवाहरुको सुख दुःखमा सधैं सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । कार्यक्रमका विशेष अतिथि एवंम् भर्खरै नया आउनुभएका देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले देवघाट ब्याड्मिन्टन संघले संविधान दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरि आफुलाई स्वागत गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा पनि देवघाट गाउँपालिकाको खेलकुद बिकासको लागि सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गुर्नभयो । देवघाटमा दुई वटा ब्याड्मिन्टन कोर्ट सम्पन्न गर्नको लागि करिब २ लाख १५ हजार खर्च भएको देवघाट ब्याड्मिन्टन संघका अध्यक्ष अनिल मिश्रले जानकारी दिनुभयो ।
सो कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेल, देवघाट ५ नम्बर वडाका वडा अध्यक्ष याल बहादुर गुरुङ, देवघाट गाउँपालिका नेकपाका अध्यक्ष भुवनसिङ्ग गुरुङ, ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उज्वलराज चिलुवाल, देवघाट साझेदारी प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारती, देवघाट सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदी, देवघाट गाउँपालिकाका कार्यक्रम संयोजक कृष्णराज पन्त, देवघाट युवा तथा खेलकुद समितिका उपाध्यक्ष सान श्रेष्ठ, देवघाट ब्याड्मिन्टन संघका उपाध्यक्ष बल बहादुर क्षेत्री, देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ, देवघाट ब्याड्मिन्टन संरक्षक तथा खेलप्रेमी समाजसेवी चन्द्रप्रकाश दवाडी, देवघाट ब्याड्मिन्टन संघका सल्लाहकार नर बहादुर घर्ती, देवघाट ५ नम्बरका वडा खेलकुद समितिका अध्यक्ष अमर फेवाली लगायतको उपस्थिति रहेकोे थियो।
देवघाट ब्याड्मिन्टन संघका सचिव आशिक रानाले सञ्चालन गर्नुभएको कार्यक्रम देवघाट ब्याड्मिन्टन संघका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियोे।